खरसाङ: आजदेखि खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा दार्जिलिङ जिल्ला स्पोट्स किक् बक्सिङ एसोसिएशन र पश्चिम बंगाल स्पोट्स किक् बक्सिङ एसोसिएशनको संयुक्त आयोजनामा तीन दिवसीय किक् बक्सिङ ट्रेनिङ शुरू भएको छ। उक्त ट्रेनिङमा १२ वटा जिल्लाको १२० जनाले भाग लिएका छन्। उक्त किक् बक्सिङ ट्रेनिङ आगामी २२ दिसम्बरसम्म चल्ने भएको छ।

उक्त ट्रेनिङमा जम्मा १२० जनाले सहभागिता जनाएका छन्। यस ट्रेनिङ क्याम्पमा भाग लिएकाहरूले आगामी २३ दिसम्बरको दिन दार्जीलिङमा हुने खेल ईण्डिया खेलमा सहभागिता जनाउने भएको छ। यसको साथै दिल्लीमा हुने अन्तरार्ष्ट्रीय खेलमा पनि भाग लिन मौका पाउने भएको छ।

उक्त तीन दिवसीय किक् बक्सिङ ट्रेनिङ विषयमा दार्जिलिङ जिल्ला स्पोट्स किक् बक्सिङ एसोसिएशनक महासचिव बिजय रावत र पश्चिम बंगाल स्पोट्स किक् बक्सिङ एसोसिएशनको महासचिव विश्वानाथ रोयले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।