कोचबिहार: बस बचाउन खोज्दा इँटाले भरिएको ट्रक भीषण सडक दुर्घटनाको शिकार भएको छ। घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्। दुर्घटनाग्रस्त ट्रकमा आगलागी हुँदा पुरै क्षेत्रमा सनसनी फैलिएको छ। स्थानीय स्रोतका अनुसार माथाभाङ्गा कलेज टर्न नजिकैको पेट्रोल पम्प नजिकै यात्रु बोकेको बस बचाउन खोज्दा इँटाले बोकेको ट्रक अनियन्त्रित भई घरमा ठोक्किएको थियो अनि ट्रकमा आगो लाग्यो। दुर्घटनाको आवाज सुनेपछि स्थानीयवासी तुरुन्तै घटनास्थलमा पुगेका थिए। ट्रक चालक गम्भिर घाईते भएका उनलाई स्थानीयवासीले उद्धार गरी माथाभाङ्गा डिभिजन अस्पतालमा भर्ना गरेका थिए। दुर्घटनाको जानकारी पाएलगत्तै माथाभाङ्गाबाट दमकल र माथाभाङ्गा पुलिस थानाबाट पुलिस घटनास्थल पुगेको थियो। ट्रकमा लागेको आगो माथाभाङ्गा दमकलको टोलीले नियन्त्रणमा लिएको थियो।









