सीबीएसई बाह्रौं श्रेणीको परीक्षामा खरसाङको गाड़ीधुरा क्षेत्रका दुईजना विद्यार्थीहरूका परीक्षा फल उत्कृष्ट

Cbse-logo.png

खरसाङ: खरसाङको गाडीधुरा निवासी साक्षी गुरुङ सीबीएसई बाह्रौ श्रेणीको वाणिज्य विभागको परिक्षामा सहभागी ९५.२ प्रतिशत अंक प्राप्त गरेर साथ स्कुल टपर बनेका छन्। गाडीधुरा निवासी सुवास गुरुङ अनि उज्जवला गुरुङकी सुपुत्री साक्षी गुरुङ्गले सीबीएसई बाह्रौं श्रेणी वाणिज्य विभागमा ९५.२ प्रतिशत अंक ल्याई आर्मी पब्लिक स्कुल टपर बनेकी छन्। उनले शारीरिक शिक्षामा ९९ अंक, व्यापार अध्ययनमा ९७ अंक अनि लेखा (एकान्टटेन्सी)मा ९८ अंक प्राप्त गरेकी छन्। त्यसरी नै गाड़ीधुरा निवासी रोशन विश्वकर्मा अनि सुजन विश्वकर्माको छोरी नाइसा विश्वकर्माले दिल्ली पब्लिक स्कूलबाट सीबीएसई बाह्रौं श्रेणीको परीक्षामा कला विभागबाट ९८.२ प्रतिशत अंक प्राप्त गरेकी छन्।

गाडीधुराबाट यसरी दुईजना विद्यार्थीहरूले सीबीएसई बाह्रौं श्रेणीको परीक्षामा अब्बल दर्जामा उत्तीर्ण भएकोमा समस्त गाडीधुरावासी हर्षित बनेको जानकारी प्राप्त भएको छ। परीक्षामा नाइसा विश्वकर्मा अनि साक्षी गुरूङको उत्कृष्ट प्रस्तुति पंखाबारी अम्बटे लंगभ्यू समष्टिकी कार्यकारी सभासद् कल्पना प्रधानले उत्तीर्ण गरेकोमा दुवैलाई बधाई दिएकी छन्। शिक्षालाई जीवनको अभिन्न अंग ठानेर केवल नानीहरूले मात्र नभइ अभिभावकहरुले पनि त्यत्तिकै ध्यान दिए वापत नानीहरु यसरी अव्वल हुन सक्ने उनले जनाइन्।

About Author

Advertisement