दिल्लीमा ममता, नवान्नमा शुभेन्दु

Suvendu-Adhikari-3-2023-12-f1459722a07de4727b338bfcb35ce828-3x2.jpg

काेलकाता: पश्चिम बंगाल विधानसभामा विपक्षका नेता शुभेन्दु अधिकारीले बुधवार बिहान राज्य सचिवालय ”नवान्न” को औचक भ्रमण गरेका छन्। यस अवधि उनले राज्य सरकारलाई आवंटित केन्द्रिय धनको उपयोग सम्बन्धी पोस्टर देखाए।

विपक्षका नेता यस्तो दिन राज्य सचिवालय पुगे जब मुख्यमन्त्री ममता ब्यानर्जी र उनको पार्टीका सांसद नयाँ दिल्लीमा छन्। यसबीच ब्यानर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गरी राज्यको बाकी राशि जारी गरिने माग गरिन्।

एक उच्च पदस्थ सूत्र अनुसार, भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता पार्टीका तीन विधायकको साथ अपराह्न लगभग ११:४० बजी सचिवालय पुगे। उनले राज्य सरकारको कुनैपनि अधिकारीको साथ भेटको निम्ति समय लिएका थिएनन्। यद्यपि, उनले सचिवालयमा मुख्य सचिव एचके द्विवेदीको साथ उनको कार्यालयमा केही बेर कुराकानी गरे।

अधिकारीले सचिवालय बाहिर आएपछि संवाददाताहरूलाई भने, हामी समय नमागी यहाँ आयौं किनभने यदि हामीले यसको सूचना दिएको भए सचिवालयमा प्रवेश गर्ने अनुमति पाउनेथिएनौं। सचिवालयका वरिपरि दण्ड प्रक्रिया संहिता (सीआरपीसी) को धारा १४४ अन्तर्गत सभाहरूमा प्रतिबन्धात्मक आदेश छ किनभने हामी कानूनको पालन गर्ने नागरिक हौं यसैले हामी केवल चार विधायक यस सरकारले कसरी उनीहरूलाई वंचित गरिरहेछ यो बताउन आएका थियौं।

एक सूत्र अनुसार, नेता प्रतिपक्षलाई मुख्य सचिवको साथ बैठकअघि अन्य विधायकहरूको साथ सचिवालयमा आगन्तुक कक्षमा प्रतिक्षा गरेको देखियो। उनको हातमा पोस्टर थियो, जसमा केन्द्रद्वारा राज्यलाई आवंटित राशि कुन प्रकारले खर्चा गरिएको लेखिएको थियो। कोलकाता पुलिसका एक वरिष्ठ अधिकारी अनुसार, भाजपा नेताहरूको भ्रमणपछि तुरन्तै राज्य सचिवालय र उसका वरिपरि सुरक्षा बढ़ाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement