जीटिएको मातृ एंव शिशु कल्याण विभागको कार्यकारी सभासद कल्पना प्रधान कोलकत्ता भ्रमणमा

IMG-20231220-WA0172.jpg

खरसाङ: जीटीएको मातृ एंव शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशनमा कलकत्ता भ्रमणमा छन्। यस अवधिमा उनले पश्चिम बंगाल एकीकृत बाल विकास योजना निर्देशक आईएएस रचना भगत साथै शशि पान्जाको निजी सचिव डब्लुबीसीएस कार्यकारी अधिकारी शिवनाथसँग भेटघाट गरिन्। भेटघाटको अवधिमा उनले जीटीए क्षेत्रमा कार्यरत् आगानवाडी कर्मी साथै सहकर्मीहरूले भोग्न परिरहेका समस्याहरू विषयमा बातचीत गरिन्। उनले जीटीए क्षेत्रमा आगानवाडी कर्मी साथै सह-कर्मीको नयाँ नियुक्ति प्रकिया विषयमा पनि बातचीत गरिन्। धेरै वर्षदेखि जीटीए क्षेत्रका आगानवाडी केन्द्रहरूमा कार्यरत् सह-कर्मीहरूको पदोन्नति प्रकियामा उनीहरुको शैक्षिक योग्यतामा केही छुट दिन पर्ने विषयमा बातचीत गरिन्।आगानवाडी विभागको सुपरभाइजरको परीक्षा पास गरेतापनि अहिलेसम्म कसैले नियुत्ति पत्र पाउन नसकेको पनि जानकारी पनि उनले गराइन्। जीटीए क्षेत्रका आगानवाडी केन्द्रहरूमा टीएलएम (TLM) हाम्रो मातृभाषा नेपालीमा हुन पर्ने साथै जीटीए क्षेत्रमा आगानवाडी केन्द्रमा नानीहरूलाई वितरण गरिने साग सब्जी, अण्डा आदिको दाम समतलको तुलनामा पहाडमा धेरै भएको कारणले जीटीए क्षेत्रमा दिइने सागसब्जी साथै अण्डा आदिको बीलको मापदण्ड अलग हुन पर्ने पनि उनले जनाइन्। जीटीए क्षेत्रका आगानवाडी कर्मी साथै सहकर्मीहरुलाई क्षेत्रीय चाढ बाढहरुमा छुट्टी दिन पर्ने विषयमा पनि जानकारी गराइन्। मिरिक खण्ड अन्तगर्त छोटा च्यांगा अनि निरपानी जीटीएमा गाँभिए तापनि प्रशासनिक रूपमा नक्सलबारी खण्डले नै हेर्ने हुनाले यस क्षेत्रका मानिसहरूले धेरै समस्याहरु भोग्न परिरहेका छन् र यस क्षेत्रहरूलाई चाँढोभन्दा चाँढो प्रशासनिक रूपमा जीटीएमा (मिरिक खण्डमा) अर्न्तभुग्त गराउनका निम्ति (HOME AND HILLS AFFAIRS DEVELOPMENT DEPARTMENT) मा ज्ञापन चढाएको जानकारी सभासद कल्पना प्रधानले कलकत्ताबाट दिएकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement