चियाबारी क्षेत्र र पट्टा पाएका फरेष्ट क्षेत्रकाहरूलाई पनि बागवानी विभागबाट पोलि हाउस वितरण गरिने

IMG-20231220-WA0171.jpg

खरसाङ: जीटीए क्षेत्रमा वितरण गरिने भनिएको चार हजार पोलि हाउसहरू रंगली रंगलीयट खण्डबाट शुरू गरिने र यस खण्डमा जम्मा 48 वटा पोलि हाउसहरू वितरण गरिने जीटीएको बागवानी विभागको एमओडी सभासद प्रणाम रसाईलीले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर जानकारी दिएका छन्। उनले पहिलो वितरणमा 48 वटा पोलि हाउसहरू वितरण गरिने त्यसपछि चियाबारी क्षेत्रमा वितरण गरिने बताए। सभासद प्रणाम रसाईलीले उक्त पोलि हाउस फरेष्ट क्षेत्रमा पश्चिम बंगाल सरकारद्वारा वितरण गरिएको पट्टा जसकोमा छ उनीहरूले पनि खेतीपाती र फूल खेतीको लागि पोलि हाउसको लागि निवेदन गर्न सकिने बताएका छन्। उनले फरेस्ट क्षेत्रमा पट्टा भएकाहरूले बागवानी विभागबाट पाउने सहुलियतहरू प्राप्त गर्न सक्ने बताएका छन्। सभासद रसाइलीले पोलि हाउसको लागि चियाबारी क्षेत्रबाट पनि निवेदनसहित फारम आउन थालेको छ कारण आफु स्वंय नै कोलकोता गएर चियाबारी क्षेत्रमा पनि पोलि हाउसको लागि निवेदन गरेकोले यो सम्भव भएको छ। तर यसको लागि चियाबारीको प्रबन्धकको एनओसी र खण्ड विकास अधिकारीको हस्ताक्षर भएपछि पोलि हाउसको प्रोसेस अघि बढ्ने बताएका छन्। उनले पोलि हाउसको लागि द्वारे सरकारमा होइन तर क्षेत्रीय सभासद र बागवानी विभागको अधिकारीहरूलाई सम्पर्क गर्नु पर्ने बताएका छन्। उनले द्वारे सरकारको क्याम्प अर्कै विषयमा र यो पोलि हाउस वितरण कार्य बागवानी विभागबाट हो भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement