अचानक पुलिस चौकीको वायरलेसमा गीत बज्दा…

Police-Rep-image-copy

पटना: शहरका पुलिस चौकीहरूमा अचानक बलिउड गीतहरू वायरलेसमा बज्न थाले। अचानक यो सुनेर त्यहाँ उपस्थित पुलिस स्तब्ध भए। वायरलेस सेटमा एक्कासी एक–दुई होइन तीनवटा गीत बज्न थालेपछि राजधानीका पुलिस चौकीका पुलिस नै छक्क परेका छन्। यो सम्पूर्ण घटना पटनाको गान्धी मैदानको वायरलेस सेटमा भएको हो। वायरलेस सेटमा ‘मुबारक हो तुमको ये शादी तुम्हारी’, ‘फूल तुम्हे भेजा है खत मे, फूल नही मेरा दिल है’ जस्ता गीतहरू बज्दा मानिसहरू छक्क परे। त्यसपछि गीत सुन्ने वित्तिकै पुलिसको होश हरायो। यो घटना गान्धी मैदान थाना सहित धेरै पुलिस थानाको वायरलेस सेटमा लामो समयसम्म सुनिन्थ्यो। यो देखेर पुलिस अधिकारी समेत छक्क परेका छन्। आधुनिकताको युगमा पुलिसलाई सशक्त बनाउन यी वायरलेस जडान गरिएको हो। पुलिसले यो घटनालाई तुरुन्तै बुझेर अनुसन्धानको आदेश दिएको छ। पटना सेन्ट्रल एसपी वैभव शर्माले घटनामा कोही दोषी पाइएमा कारबाही गरिने घोषणा गरेका छन्। यो घटनाको पछाडी कुनै गल्ती हुनसक्छ वा कसैले नियतवश यस्तो गरेको हुनसक्छ। अहिले यस्तो घटना संयोग पनि हुनसक्छ। अब अनुसन्धानपछि मात्रै कुरा खुल्ने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *