खरसाङ: आज खरसाङमा प्रि क्रिसमस अनि शान्तिको रैलीको आयोजना गरिएको छ। संयुक्त इसाई एकता मञ्चको आयोजनामा सम्पन्न उक्त प्रि क्रिसमस अनि शान्ति रैली खरसाङ बजार र वरिपरि क्षेत्रको विभिन्न चर्चहरूलाई लिएर सम्पन्न गरिएको छ। उक्त प्रि क्रिसमस अनि शान्ति रैली आईएनए बस बिसौनीबाट शूरू भएर वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्डबाट खरसाङ बदार परिक्रमा गरेर हिल कार्ट रोड हुँदै पुन: बस बिसौनीसम्म पुगेर समापन भएको छ। यस अवसरमा विभिन्न चर्चहरूका अगुवाहरू र विश्वासीहरूले यीशु ख्रीष्ट जन्मेको दिन क्रिसमसको क्यारोल गीतहरू र सुसमाचारीय गीतहरू गाउँदै रैलीमा सहभागिता जनाएका थिए। उक्त प्रि क्रिसमस रैली र शान्ति रैली शुरु अघि संयुक्त इसाई एकता मञ्चको शान्तिको झण्डा पनि लोकार्पण गरिएको थियो। उक्त प्रि क्रिसमस रैली विषयमा पत्रकारहरूसित कुराकानी गर्दै संयुक्त इसाई एकता मञ्चको संस्थापक चेयरम्यान किरण राईले खरसाङ क्षेत्रलाई लिएर आज प्रि क्रिसमस र शान्ति रैली आयोजना गरिएको बताउँदै तीन महिना अघि मात्र गठन भएको हाम्रो संस्थाले दश हजार इसाईहरूलाई जोडी सकेको बताएका छन्। उनले हामीले भारतभरि छरिएर बसेका गेोर्खा इसाईहरूलाई जोड्ने काम गरेको बताउँदै हामी अनेकतामा एकता चाहान्छौं भनी बताए। उनले आजको प्रि क्रिमसम रैली अघि संयुक्त इसाई एकता मञ्चको शान्तिको झण्डा पम़नि लोकार्पण गरिएको बताए। त्यसरी नै खरसाङ टाउनको सभापति तिमोथी मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै यो प्रि क्रिसमस रैली खरसाङ क्षेत्रलाई मात्र लिएर गरिएको र यसमा खरसाङ बजार र वरिपरि क्षेत्रका ३० भन्दा अधिक चर्चहरूको सहभिगाता रहेको जनाएका छन्।








