बाबु र छोरीको सम्बन्ध बोल्ने ‘चित्रा’को टिजर (हेर्नुहोस् भिडियो)

03

काठमाडौं: घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। आज विश्ज्योती हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले टिजर सार्वजनिक गरेको हो। यस अघि ‘नजरैको हानाहान’ बोलको गीत र पोष्टर सार्वजनिक भइसकेको छ। फिल्मको पोष्टर र गीतले दर्शकको राम्रो साथ पाइसकेको छ। सार्वजनिक टिजरमा बाबु र छोरीको कथासँगै पारिवारिक विषय र द्धन्द्ध देख्न सकिन्छ। टिजरमा सन्तोष अधिकारी, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाललाई स्थान देखाइएको छ। फिल्ममा विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय छ।

फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन्। अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ। महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ, भने सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ। सन्तोष अधिकारी फिल्म्सको व्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्ममा पाश्र्व संगीत शैलेश श्रेष्ठको छ। यस्तै, सोनाली शिल्पकारको मेकअप रहेको फिल्ममा असिम थापाको ड्रोन, बिजय बस्यालको पोष्टर डिजाइन छ। फिल्मको नेपालभरको वितरणको जिम्मा केदार पराजुलीको श्री कृष्ण फिल्म्सले लिएको छ। यस्तै, अष्ट्रेलियाको अधिकार अविनास रोका मगरले लिएका छन्।

About Author

Advertisement