बिहार: बोधगयामा पहिलो अन्तर्राष्ट्रिय संघ फोरम २०-२३ दिसम्बरसम्म, दलाई लामाले गर्नेछन् उद्घाटन

Dalai-Lama

३३ देशहरूका दुई हजार बौद्ध धर्मका विद्वानहरूले राख्नेछन् आआफ्नो विचार

गया: बौद्ध धर्म गुरू औ तिब्बती आध्यात्मिक नेता दलाई लामा तथा बौद्ध केन्द्रको सहयोगमा २० देखि २३ दिसम्बरसम्म प्रथम अन्तर्राष्ट्रिय संघ फोरम (आईएसएफ)को आयोजन हुने निश्चित भएको छ। यो कार्यक्रम बिहारको बोधगयामा सम्पन्न हुनेछ जसमा ३३ वटा देशहरूका दुई हजार बौद्ध धर्मका विद्वानहरूले आआफ्नो विचार राख्नेछन्। यसको उद्घाटन दलाई लामाले गर्नेछन्। आईएसएफद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, दलाई लामा र बिहारका मुख्यमन्त्री नीतीश कुमारसहित बौद्ध नेताहरूको उपस्थितिमा एक सभा सम्पन्न हुनेछ। यो आयोजन भारत, थाइल्याण्ड, म्यान्मार, कम्बोडिया, लाओस, श्रीलङ्का, बङ्गलादेश र इण्डोनेशियाको दक्षिणपूर्व तथा दक्षिण एशियाली देशहरूको पाली परम्पराका कलाकारहरूसँगसँगै तिब्बती संस्कृत परम्पराका कलाकारहरू एउटै छातामुनि आउनुको साक्षी पनि बन्नेछ। यस अतिरिक्त भुटान, नेपाल, भियतनाम, चीन, ताइवान, जापान, कोरिया, रूस, मङ्गोलियासहित विश्वका अन्य भागहरूबाट पनि कलाकारहरू सामेल हुनेछन्।

भनिएको छ, आईएसएफको लक्ष्य विनय नियमहरूका जटिल पक्षहरूमाथि बातचितलाई प्रोत्साहित गर्नु अनि २१औं शताब्दीमा बौद्ध धर्मको विकसित भूमिकाको पत्तो लगाउनु रहेको छ। कार्यक्रमको पहिलो तीन दिनमा भिक्षु, नन अनि भिक्षु विद्वानहरूमाझ चर्चा हुनेछ। यसमा बौद्ध धर्मका गहन शिक्षाहरूमाथि चर्चा हुनेछ। चर्चा पश्चात मञ्चको समापनको अन्तिम दिन बोधगयाको प्रतिष्ठित महाबोधी मन्दिरमा प्रार्थना सभा सम्पन्न हुनेछ। उल्लेखनीय छ, यसपूर्व गत २ देखि १२ दिसम्मबरसम्म भारतसहित विश्वभरिका लगभग पाँच हजार भिक्षु र ननहरू १८औं अन्तर्राष्ट्रिय टिपिटका जप कार्यक्रमको लागि बोधगयामा एकत्रित भएका थिए। यो संगठनले अन्तर्राष्ट्रिय भिक्षुहरूलाई ल्याएर अनि उनीहरूको शिक्षालाई उनीहरूकै मूल रूपमा सुनाएर भगवान बुद्धसित सम्बन्धित पवित्र स्थानहरूको पुनरूद्धारको दिशामा काम गर्ने गर्दछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement