मिरिककाे बुङकुलुङ बस्तीमा तयार परिने दार्जिलिङ गाेल्ड मह

IMG-20231219-WA0185.jpg

मिरिक: अब मिरिकको बुङकुलुङ बस्तीमा तयार पारिने भएको छ दार्जिलिङ गाेल्ड मह। भाैगाेलिक दृष्टिकोणले माैरी पालनकाे लागि उपयुक्त मानिने बुङकुलुङ बस्तीमा पश्चिम बंगाल सरकार अधीनस्थ माइक्राे स्मल मिडियम इन्ट्रप्राइजेस विभागमार्फत् माैरीकाे मह तयार पार्ने कमन फेसेलेटी सेन्टर निर्माण भइसकेकाे छ। लगभग सत्तर लाख रूपियाँकाे लागतमा तयार पारिएकाे उक्त केन्द्र आगमी जनवरी महिनादेखि सञ्चालनमा आउने बुङकुलुङ हनी एण्ड एग्राे प्राेससिङ इन्ड्रट्रियलकाे अपरेटिभ साेसाइटीका सचिव पवन सुब्बाले बताएका छन्। उनले पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले खरसाङकाे कार्यक्रममा उक्त सेन्टरकाे उद्धघाटन गरिसकेकाे जाे जनवरी महिनादेखि सञ्चालनमा आउने बताए। उनले बुङकुलुङमा स्थापना गरिएकाे उक्त सेन्टरमा मह तयारी पार्ने सम्पूर्ण मशीन जडान भइसके अनि विद्युत, जेनेटर सबै जडान भइसकेकाे बताए। महकाे व्यापारलाई विकसित बनाउन पहाडकाे लागि नै बुङकुलुङ बस्तीमा उक्त सेन्टर निर्माण गरिएकाे जहाँ महकाे बाेटलिङ गरिनेछ भनी बताए। यहाँ तयार पारिएकाे मह दार्जिलिङ गाेल्ड नाममा बजारमा निकालिनेछ पनि जानकारी कराएका छन्। उनले उक्त सेन्टरकाे निर्माणले माैरी पालकहरूलाई धेरै लाभ पुग्ने जानकारी गराउँदै माैरीकाे महलाई अब वृहत् र व्यवस्थित ढंगमा बजारमा निकालिने छ भन्दै यसले माैरी पालकहरूलाई थप उर्जा प्रदान गर्ने बताएका छन्। उनले बुङकुलुङमा उक्त सेन्टर निर्माण पहाडकाे नै सम्पत्ति हाे भन्दै सेन्टर निर्माणकाे लागि पहल गरिदिएकाेमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए चिफ अनित थापा, माइक्राे स्मल मिडियम इन्ट्रप्राइजेस विभागका संयुक्त निर्देशक दिपङ्कर चक्रवर्ती, डीआइसीका पूर्व जेनेरल म्यानेजर एलटी भोटिया, वर्तमान जेनेरल म्यानेजर प्रणव कुमार दास, आइडीओ दिवस लामा आदिप्रति बुङकुलुङ हनी एण्ड एग्राे प्राेसेसिङ इन्ड्रट्रियल काे-अपरेटिभ साेसाइटीकाे पक्षबाट आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement