यसपालीको गिरी पुरस्कार अन्तर्गत साहित्यमा कवि नोर्ज्याङ स्याङ्देन र संगीतमा पेमा लामालाई प्रदान गरिने घोषणा

IMG-20231219-WA0179.jpg

दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत सूचना अनि सांस्कृतिक विभागबाट प्रत्येक वर्ष प्रदान गरिने गिरी पुरस्कार यसपाली साहित्यमा वरिष्ठ कवि नोर्ज्याङ स्याङ्देन र संगीतमा वरिष्ठ गायक पेमा लामालाई प्रदान गरिने भएको छ। उक्त पुरस्कारको घोषणा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले दार्जीलिङस्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन बोलाएर गरेका छन्। उक्त पुरस्कार आगामी २७ दिसम्बरको दिन जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती समारोहमा प्रदान गरिनेछ। उक्त पुरस्कारमा साहित्यमा एक लाख र संगीतमा पनि एक लाख नगदराशि पनि प्रदान गरिन्छ। उक्त पुरस्कार विषयमा बोल्दै जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै गिरी पुस्कारको लागि तीनजनाको जुरी बनाइएको थियो र तीनैजनाले निष्पक्ष रूपमा गरेको निर्णय अनुसार नै यसपालीको गिरी पुरस्कार साहित्यमा वरिष्ठ कवि नोर्ज्याङ स्याङ्देन र संगीतमा वरिष्ठ गायक पेमा लामालाई प्रदान गरिने भएको छ। उनले पत्रकार सम्मेलनमा यसपाली जीटीएले संगीत क्षेत्रमा लाइफ टाइम एचिभमेन्ट अवार्ड आगामी २०२४ मा कुनै कार्यक्रम आयोजना गरेर वरिष्ठ संगीतकार रञ्जित गजमेरलाई प्रदान गरिने घोषणा पनि गरेका छन्। उनले उक्त पुरस्कारस्वरूप २ लाख रुपियाँ नगदराशि हुने पनि बताएका छन्। उक्त पत्रकार भेलामा जीटीएको सूचना अनि सांस्कृतिक विभागको सग निर्देशक भानुकान्त घिसिङ पनि उपस्थित रहेर पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले प्रत्येक वर्ष गिरी जयन्तीको दिन साहित्य, संगीत र कला क्षेत्रमा पुरस्कार प्रदान गर्दै आएको बताए। उनले यसपालीको गिरी पुरस्कार आगामी २७ दिसम्बरको दिन हुने जातीय कवि अगमसिंह गिरीको जन्म जयन्तीमा प्रदान गरिने बताए। उनले गत वर्ष गिरी पुरस्कार साहित्यमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हालाई प्रदान गरिएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement