दार्जीलिङ: दिनेश राई हाम्रो पार्टी सुकिया मानेभन्ज्याङ समष्टि अध्यक्ष चयन भएको छ। सुके रंगशाला भवनमा हाम्रो पार्टीको सभा नारायण थापाको अध्यक्षतामा सम्पन्न भयो। सभामा सुके मानेभन्ज्याङ समष्टि अन्तर्गत पर्ने ३१ वटा शाखा प्रशाखाहरूको हाम्रो पार्टी कार्यकर्ता एंव नेतृत्वहरूमध्ये कतिपय नेतृत्वहरूको आफ्नो नीजि कार्यहरूको कारण गर्दा सबै नेतृत्वहरू उपस्थित हुन नसक्दा आजको सभाले सुकिया मानेभन्ज्याङ समष्टिलाई हेरचार गर्नलाई अस्थायी समष्टि कमिटिको गठन गरिएको छ। जसमा सर्व सहमतिले दिनेश राईलाई अध्यक्ष चयन गरिएको छ।

त्यसरी नै उपाध्यक्ष नारायण थापा,उत्तम राई र बीबी तामाङलाई चयन गरिएको छ। त्यसरी नै समष्टि सचिव निश्चल राई, सह सचिव बिक्रम राई र दिलिप राई, कोषाध्यक्ष सचिन राईलाई चयन गरिएको छ। त्यसै गरी सल्लाकारहरूमा बिनय राई, बिनोद राई र बिशु राईलाई चयन गरिएको छ। सभामा हाम्रो पार्टी महकुमा समिति अध्यक्ष पूरण तामाङ, गोपाल परियार आदि उपस्थित रहेका थिए।

गत केही दिन अघि दिपेन राईले समष्टि अध्यक्षको पदभारबाट राजीनामा दिएपछि सुके मानेभन्ज्याङ समष्टिलाई अझ दरिलो बनाउन चयनित पदाधिकारीहरूले हाम्रो पार्टी केन्द्रीय नेतृत्वहरूसंगसंगै समष्टिको पार्टी कार्यकर्ताहरूलाई भरोसा दिलाएको जानकारी प्राप्त भएको छ।










