सोनादा: सामाजिक संस्था नमस्ते फाउण्डेशनले सडक पेटीमा जीवन बिताइरहेका एकजना मानिसको दाह संस्कार गरिदिएको छ। मृतक दार्जीलिङ बजारमा भारी बोकेर आफ्नो जीविका चलाउँदै आइरहेका थिए। उक्त शवलाई तीन दिनसम्म दार्जिलिङ पुलिसले कानुन बमोजिम मुर्दा घरमा राखेका थिए। यतिका दिनसम्म मृतकको कोही आफन्त/अभिभावक नआएको र जीवित रहँदा नमस्ते फाउन्डेसनले बेला बखत सार सफाई गरेर लुगाफाटा र खाना दिने गरेकोले उक्त शवलाई दार्जीलिङ पुलियले बेवारिस शवको दाह संस्कार गरिदिन सामाजिक संस्था नमस्ते फाउण्डेशनलाई सुम्पिएको थियो।
मान्छे जतिसुकै एक्लो भए तापनि मरेपछि उसको अन्तिम संस्कार अरू सबैको जस्तै गरिनुपर्छ भन्ने सोच राखेर नमस्ते फाउन्डेसनले आफ्नो स्थापनाकालदेखि नै यस्तो काम गर्दै आइरहेको छ। सदर थाना दार्जिलिङका एएसआई निङमा छिरिङ शेर्पाको सहयोगमार्फत् उक्त शवको अन्तिम संस्कार गरियो। यसका लागि एएसआई निङमा छिरिङ शेर्पा र दार्जिलिङ सदर थानालाई फाउन्डेसनद्वारा धन्यवाद दिइएको छ। यस कार्यको लागि समय निकालेकोमा फाउण्डेशनका स्वयंसेवकहरू क्रमैले योगिता राई, सेविका क्षेत्रीलाई नमस्ते फाउन्डेसनको पक्षबाट हार्दिक धन्यवाद दिइएको छ भनी नमस्ते फाउन्डेशनक पक्षबाट पिंकी विश्वकर्मले जानकारी दिएका छन्।









