कोलकाताः ममता क्याबिनेटमा सबैभन्दा ठूलो अल्पसंख्यक अनुहार र कोलकाताका मेयर फिरहाद हकीमको एउटा भिडियो भाइरल भएको छ। यसमा उनले चॉंडै बंगालमा ५० प्रतिशत मानिसहरूले उर्दू बोल्ने छन् भनी दाबी गरेका छन्। उनको उक्त बयानलाई लिएर विवाद शुरू भएको छ।
भाजपाले यस विषयलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीका साथै आईएनडीआई गठबन्धनका अन्य दलहरू र विशेष रूपमा कांग्रेस नेता सोनिया गॉंधीसॅंग स्पष्टीकरणको माग गरेको छ। पार्टीको आईटी सेलका प्रमुख र उत्तर बंगालका प्रभारी अमित मालवीयले फिरहाद हकीमको उक्त भिडियो साझा गरेका छन्। मंगलवार माइक्रो ब्लागिङ्ग साइट एक्समा शेयर गरिएको उक्त भिडियोमा अमित मालवीयले भनेका छन्, इन्डी गठबन्धनका सदस्य डीएमकेले सनातन धर्मलाई नष्ट गर्ने कसम खाएपछि वरिष्ठ तृणमूल नेता एवं कोलकाताका मेयर फिरहाद हकीमको यो भिडियो हेर्नुहोस्।
उनले भनेका छन्, उनी ममता ब्यानर्जीको नजिक विश्वासपात्र हुन्। उनले चॉंडै पश्चिम बंगालका ५० प्रतिशत मानिसहरूले उर्दू बोल्नेछन् भनी दाबी गरेका छन्। बांग्ला गौरवको के भयो? कसैले ममता ब्यानर्जीलाई प्रश्न गर्ने? के उनले यस दृष्टिकोणलाई समर्थन गर्छन्? के यो टीएमसीको एजेण्डा हो? के यो इन्डी गठबन्धनको एजेण्डा हो? कांग्रेस र सोनिया गॉंधीले स्पष्टीकरण दिनुपर्छ।’
-हिस