राशन वितरण भ्रष्टाचार हजार करोड़ रूपियाँभन्दा अधिकको छ

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः प्रवर्तन निदेशालय (ईडी) को आन्तरिक मूल्याङ्कनबाट पश्चिम बंगालमा करोड़ौं रूपियाँको राशन वितरण मामिलामा सामेल कूल राशि राज्यमा अन्य वित्तीय घोटालाहरूभन्दा धेरै अधिक हुनसक्ने थाहा लागेको छ। एक अधिकारीले भऩे, पश्चिम बंगालमा मनी लन्ड्रिङका विभिन्न मामिलाहरूको जाँच गरिरहेको कोलकाताका ईडी अधिकारीहरूले नयाँ दिल्लीमा एजेन्सीको राष्ट्रिय मुख्यालयलाई एक आन्तरिक रिपोर्ट पठाएका थिए। रिपोर्टमा भनियो, पक्रा परेको कोलकाताको कारोबारी बकीबुर रहमानले कथित राशन वितरण मामिलाबाट एक्लो हजार करोड़ रूपियाँको कमाई गरेको छ।

सूत्रहरू अनुसार, जाँच एजेन्सीका अधिकारीहरू घोटालाको पूरा आकारलाई लिएर हैरान छन् किनभने कथित घोटालाबाट एक्लो रहमानको कमाई यति ठूलो छ। अहिलेसम्म ईडीका अधिकारीहरूले पूरा घोटालाको केवल एक हिस्साकै गणना गरेका छन्। रहमानद्वारा विभिन्न तरीकाले जुटाइएको पूरा राशि २०११ र २०२१ बीचको अवधि १० वर्षको थियो, जब पक्रा परेका पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मल्लिकसित खाद्य र आपूर्ति विभाग थियो। मल्लिक वर्तमानमा कोलकातामा राज्य संचालित एसएसकेएम मेडिकल कलेज एवं अस्पतालमा भर्ती छन्। 

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement