कोलकाताः मंगलवार विपक्षका ४९ सांसदलाई सस्पेन्ड गरिएपछि संसद परिसरमा तृणमूल सांसद कल्याण ब्यानर्जीले उपराष्ट्रपति जगदीप धऩखड़को नकल गरे। राज्यसभा अध्यक्षको रूपमा धनखड़को उनले जमेर खिल्ली उड़ाए, जसको भीडियो सोशल मीडियामा भाइरल भएको छ। यसमा भाजपाले तीखो हमला गरेको छ।
पार्टीले भन्यो, आईएनडीआई गठबन्धऩको यही चरित्र हो। बंगाल भाजपाको प्रभारी सुनील देवधरले एक्स ह्याण्डलमा पोस्ट गर्दै लेखे, यो हो ”आईएनडीआई गठबन्धन” को असली रूप। संसद परिसरमा देशका उपराष्ट्रपति जगदीप धनखड़को मजाक उड़ाइँदैछ र वरिष्ठ युवा नेता राहुल गान्धीले भीडियो बनाइरहेका छन् र हाँसिरहेका छन्।
-हिस