कोलकाताः राशन वितरण भ्रष्टाचार मामिलामा खाद्य विभागपछि यस पाली ईडीको नजर वन विभागमाथि छ। मंगलवार दिउँसो ईडीले राज्यको प्रेसिडेन्सी सेन्ट्रल जेलमा बन्द मन्त्री ज्योतिप्रिय मल्लिकको अरण्य भवनस्थित वन विभागको कार्यालयमा छापा माऱ्यो।
मल्लिक खाद्य विभागपछि वन विभागका मन्त्री बनेका थिए। ईडीको पाँच अधिकारीको टीमले दिउँसो लगभग एक बजी वन विभाग कार्यालय अरण्य भवन पुगेर तलाशी लियो।
उल्लेख्य, ज्योतिप्रियलाई राशन वितरण भ्रष्टाचार मामिलामा २७ अक्टोबरमा ईडीले पक्राउ गरेको थियो। यसअघि राशन मामिलाको मुख्य आरोपित बकिबुर रहमानलाई १३ अक्टोबर अबेर राति पक्राउ गरिएको थियो। केन्द्रिय जाँच एजेन्सी अनुसार, राशन वितरणमा सैकड़ौं करोड़ रूपियाँको भ्रष्टाचार भएको छ।
-हिस