कोलकाताः कोलकातामा एक बन्द घऱबाट पुलिस कन्स्टेबलको शव भेटियो। घटना मंगलवार बिहान हरिदेवपुरको सृजनी क्षेत्रको हो। मृतकको नाम पुलक दत्ता (५२) बताइएको छ, जो पर्णश्री थानाको कन्स्टेबलको पदमा कार्यरत थिए।
पुलिस र स्थानीय सूत्रहरू अऩुसार, मंगलवार बिहान बन्द घऱको दैलो ढकढकाउँदा भित्रबाट कुनै प्रतिक्रिया आएन। सूचना पाएर हरिदेबपुर थाना पुलिस घटनास्थलमा पुग्यो र घरभित्रबाट कन्स्टेबललाई मृत अवस्थामा पायो। शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।
स्थानीय मानिसहरू अनुसार, कन्स्टेबल पुलक लगभग एक वर्षदेखि एक्लै भाड़ाको घरमा बसिरहेकाथिए। उनकी पत्नी अन्य ठाउँ बस्छिन्। पुलक आय़ुजनित रोगले ग्रस्त थिए। अर्कोतिर, उनले धेरै ऋण पनि लिएका थिए। प्राथमिक रूपमा यसलाई आत्महत्याको मामिला मानिन्दैछ। पुलिस घटनाको जाँचमा जुटेको छ।
-हिस