सिलगढ़ीः एनजेपी थाना पुलिसले सोमवार अबेर राति फुलबाड़ीमा अभियान चलाएर एक ट्रकबाट ३२१ किलो गाँजा जफत गरेको छ। गाँजा तस्करीको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। आरोपितहरोक नाम रिन्टू कुमार प्रसाद, राजू यादव र इन्द्रदेव प्रसाद बताइएको छ। तीनै आरोपित बिहारका बासिन्दा हुन्।
सूत्रहरू अनुसार, एनजेपी थाना पुलिसलाई फुलबाड़ीको बाटो बिहारमा मादक पदार्थहरूको तस्करी हुनेछ भनी गुप्त सूचना पाइएको थियो। जसपछि एनजेपी थाना पुलिसले फुलबाड़ीमा अभियान चलाएर वाहनहरूको नाका चेकिङ शुरू गऱ्यो। यस अवधि एक ट्रकको जाँचमा पुलिस टीमलाई सन्देह हुँदा त्यसको गहन तलाशीपछि ट्रकभित्र बनेको गुप्त च्याम्परबाट ३२१ किलो गांजा जफत भयो। यसपछि पुलिस टीमले मजिस्ट्रेटको उपस्थितिमा एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी चालक सहित तीन आरोपितलाई पक्राउ गऱ्यो। आरोपितहरूसित सोधपुछमा यति भारी मात्रामा गांजालाई असमदेखि तस्करी गरी बिहार लगिरहेको थाहा लाग्यो। जफत गरिएको गांजाको अनुमानित बजार मूल्य लगभग ६ लाख रूपियाँ मापिएको छ। एनजेपी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।