हावड़ाको पेपर मिलमा भयावह आगलागी, लाखौंको नोकसान

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः हावड़ास्थित एउटा पेपर मिलमा भयावह आगो लागेको छ। हावड़ाको रानीहाटी क्षेत्रमा मंगलवार बिहानै लगभग ४.३० बजी पेपर मिलमा आगो लाग्यो। कागज र अन्य ज्वलनशील पदार्थ रहेको कारण आगो तीव्र गतिमा फैलेको थियो। पेपर मिलका कर्मचारीहरू र क्षेत्रका स्थानीय मानिसहरूले तुरन्तै पुलिस र अग्निशमन विभागलाई सूचना दिएका थिए। खबर पाउनसाथ दमकलका पाँच गाड़ी घटनास्थलमा पुग्यो। लगभग डेढ़ घण्टाको अथक प्रयासपछि आगो निभाइयो। घटनामा अहिलेसम्म कोही हताहत भएको कुनै खबर छैन।

यद्यपि, नोकसानको मात्रा धेरै अधिक बताइँदैछ। मिलमा कसरी आगो लाग्यो, यसबारे थाहा लागेको छैन। यद्यपि, दमकलकर्मीहरूको भनाई छ, आगो सटसर्किटको कारण लागेको हुनसक्छ। यस मिलमा लाखौंको समान जलेर खऱानी भएको दाबी भइऱहेछ। पुलिसको साथ मिलेर अग्निशमन विभागको टीम आगो लागेको कारणहरूको पत्तो लगाउनमा जुटेको छ। पेपर मिलभित्र अग्निशमन व्यवस्था दुरूस्त थियो वा थिएन, यसको पनि जाँच हुनेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement