कार्यकारिणी सहायकलाई गोरुबथान टुरिजम सोसाइटी संस्थाको सदस्यगणद्वारा विदाई एवं स्वागत कार्यक्रम

IMG-20220724-WA0075.jpg

गोरुबथान: गोरूबथान टुरिजम डेभलपमेन्ट सोसाइटीका आयोजनामा दालिम ग्राम पंचायतका अवकाशप्राप्त कार्यकारिणी सहायक राजेन सुब्बालाई विदाईको निम्ति कार्यक्रम आयोजना गरिएको थियो।यसै गरी दालिम ग्राम पंचायतमा नव नियुक्ति सहायकको प्रभारी योगराज सुब्बा अनि शुभराज सुब्बालाई स्वागत जनाउने कार्य गरियो।

गोरूबथान, दालिम ग्राम पञ्चायत अन्तर्गत रहेका सिमसारेमा अवस्थित याक्सा सेकेन्ड होम सुईमिंग पुल कम होमस्टेमा सम्पन्न उक्त कार्यक्रमको सभापतिको भार ओंगदेन मोल्मु (सभापति, जीटीडीएस) थिए भने कार्यक्रम संचालन जीटीडीएस, सचिव तुफान सुब्बाले गरेका थिए। छोटो रूपमा गरिएको कार्यक्रममा अवकशप्राप्त सहायक राजेन सुब्बालाई खदार्पण गरि स्वागत जनाए पश्चात जीटीडीएस सह-सचिव देवप्रकाश राईद्वारा दोसल्ला ओडाएर अभिनन्दन जनाइयो।

जीटीडीएस सदस्य हैदर अलीद्वारा सम्मान पत्रको पठन गरे र जीटीडीएसका सभापतिन ओंगदेन मोल्मु अनि खजान्ची राजाजी ठाकुरको बाहुलीबाट राजेन सुब्बालाई प्रदान गरियो। त्यसरी नै कार्यक्रमको दोस्रो लहरमा दालिम ग्रा.पं.मा सहायकको पदभार लिएर नियुक्ति हुनु भएका शुभराज लिम्बु साथै योगराज सुब्बालाई संगठनको तर्फबाट खदार्पण गरि स्वागत जनाउदै शुभकामना ब्यक्त गरे।छोटो रूपमा गरिएको उक्त कार्यक्रममा अतिथिको रूपमा गोरूबथान टुरीजम डेभलपमेन्ट सोसाईटीका उप-सभापति सुनील कार्की (कार्की होमस्टे, झण्डी), मूल सचिव तुफान सुब्बा, खजान्ची राजाजी ठाकुर (मिशनहिल चियाबारी) विशेषरूपमा उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *