पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्ट आयोजना गरिने

IMG-20231219-WA0170.jpg

खरसाङ: पहिलो भीमसेन च्यालेञ्ज ट्रफी फुटबल टुर्नामेन्ट दिसम्बर महिनाको अन्तिम सातादेखि खरसाङमा आयोजना गरिने भएको छ। उक्त पहिलो भीमसेन च्यालेञ्ज ट्रफी खरसाङको नयाँ बजारस्थित डब्ल्युएनभीएफ खेल मैदानमा पुरूषवर्ग र महिलावर्ग दुवैको लागि आयोजना गरिने भएको छ। उक्त भीमसेन च्यालेञ्ज फुटबल टुर्नामेन्ट अायोजनाको मुख्य उद्देश्य नेवारी संस्कृति र नेवारी उत्पादहरूलाई प्रमोशन गर्नलाई आयोजना गरिने भएको छ। उक्त टुर्नामेन्ट पश्चिम बंगाल नेवार विकास अनि सांस्कृतिक बोर्ड र नेवा बुध्दिष्ट कल्याण संगठनको संयुक्त आयोजनमा आयोजना गरिने भएको आयोजक समितितो पक्षबाट अमीत प्रधानले बताएका छन्। उनले बताए अनुसार यो पहिलो भीमसेन च्यालेञ्ज फुटबल टुर्नामेन्टको पुरूषवर्गको विजेतालाई एक लाख रूपियाँको नगदराशिसहित आकर्षक ट्रफि र उप विजेतालाई पचास हजारसहित अाकर्षक ट्रफि प्रदान गरिने भएको छ। त्यसरी नै महिलावर्गको लागि पनि नगदराशिसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ। प्रधानले बताए अनुसार यो पहिलो भीमसेन च्यालेञ्ज ट्रफीके फाइनल खेल आगामी २६ जनवरी २०२४ को दिन सम्पन्न हुने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement