मादक पदार्थको साथमा पुलिककर्मी सहित दुईजना पक्राउ

काेचबिहार: काेचबिहार कोतवाली थाना पुलिसले मादक पदार्थको साथमा एकजना पुलिसकर्मी सहित दुईजनालाई पक्राउ गरेको घटना प्रकाशमा आएको छ। आज ति आरोपीलाई काेचबिहार अदालतमा पेश गर्यो। यस घटनाले काेचबिहारमा सनसनी मच्चियो। पक्रा परेकाहरू मालदाको रतुवा थाना इलाका निवासी शेख अजिजुल र शेख शाहाबाज सामेल छन्। तीमध्ये शेख अजीजुल कुचबिहार क्राइम ब्राञ्चमा कन्स्टेबलको पदमा कार्यरत छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार काेचबिहार कोतवाली थानाको विशेष टीमले अभियान चलाएर अधिक मात्रामा मादक पदार्थ सहित २ जनालाई पक्राउ गरेको छ। यस घटनामा अन्य संलग्न रहेको छ अथवा छैन भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement