अलिपुरद्वार: जाडो शुरु हुनासाथ डुवर्समा भालुको डर फैलिन थालेको छ। यसपटक भालु आवासीय क्षेत्रमा आयो। मङ्गलबार बिहान अलिपुरद्वार जिल्लाको दक्षिण ढल्कर क्षेत्रको बक्सा जङ्गलबाट एउटा भालु निस्केको थियो। भालु गाउँका विभिन्न भागमा कुदिरहेको छ। भालु देखेपछि क्षेत्रमा सनसनी मच्चिएको छ।

घटनाको जानकारी पाएलगत्तै बक्सा बाघ आयोजनाका अधिकारी र वन विभागका वन कर्मचारी घटनास्थलमा पुगेर सम्पूर्ण क्षेत्रलाई जाल लगाएर घेरा हालेका थिए। केही घण्टाको मिहिनेतपछि वन विभागले वेहोश गर्ने गोली हानेर भालुलाई नियन्त्रणमा लिएको थियो। पछि भालुलाई उद्धार गरी राजाभटखावा लगिएको थियो।










