चीनमा ६.२ म्याग्निच्युडको भूकम्प, एक सयभन्दा बढीको मृत्यु

Earthquake-copy-1

बेइजिङ: चीनको उत्तरपश्चिमी क्षेत्रमा सोमबार राति शक्तिशाली भूकम्प गएको छ। यस भूकम्पमा १११ जनाको मृत्यु भएको छ। सोमबार राति १२ बजेतिर उत्तरपश्चिम चीनको गान्सु र छिङहाइ प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पका कारण धेरै घर र सडकमा क्षति पुगेको छ  सोही क्रममा १२० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

सबैभन्दा धेरै क्षति गान्सु र छिङहाई प्रान्तमा भएको छl समाचारअनुसार सोमबार राति १२ बजेतिर उत्तरपश्चिम चीनको गान्सु र छिङहाई प्रान्तमा ६.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पबाट धेरै घर र सडकमा क्षति पुगेको छ। योसँगै चीनका संचारमाध्यमका अनुसार छिमेकी प्रान्त छिन्घाईको हाइडोङ शहरमा पनि ९ जनाको ज्यान गएको छ। जबकि १२४ जना घाइते भएका छन्। चीनको आधिकारिक संचारमाध्यम ग्लोबल टाइम्सले राष्ट्रपति सी जिनपिङले भूकम्पबारे महत्वपूर्ण निर्देशन जारी गरेको जनाएको छ। राष्ट्रपति जिनपिङले उद्धार कार्यलाई तीब्र पारिएको र प्रभावितको पुनःस्थापनाका लागि आवश्यक कदम चालिएको बताएका छन्। उनले जनतालाई सुरक्षित राख्नु जरुरी रहेको बताए।

 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *