समुद्रको किनारमा दुर्लभ चुच्चे ह्वेल देखिएपछि वैज्ञानिकहरू चिन्तित

Rare-beaked-whales

आम्सटर्डम: विशेषगरी गहिरो समुन्द्रमा पाइने धेरै अनौठो र विरलै देखिने चुच्चे ह्वेलहरू नेदरल्यान्ड्सको किनारको छेउमा भेटिएका छन्। एसओएस डल्फिन फाउन्डेसनका अनुसार 19 जुलाईमा नेदरल्यान्ड्सको समुद्री तटमा तीनवटा चुच्चो ह्वेलहरू फेला परेका थिए। उक्त ह्वेलहरूलाई समुद्री किनारबाट टाढा राख्न आवश्यक रहेको विवरणहरूमा जनाइएको छ। गहिरो समुद्री ह्वेलहरूलाई उत्तरी सागरको सतही पानीमा बाँच्न गाह्रो हुने भन्दै पछिल्लो पटक देखिएको दृश्य चिन्ताजनक भएको फाउन्डेसनले जनाएको छ। चुच्चो ह्वेल असामान्य र अस्पष्ट २४ प्रजातिहरुको एक विविध समूह हो। तिनीहरू लम्बाइमा ४२ फिटसम्म पुग्न सक्छन्। समुद्री जनावरहरूमा असामान्य मानिने चुचे ह्वेल समुद्रमा शिकार गर्न ठूलो गहिराइमा डुबुल्की मार्छन्। तिनीहरू लगभग ९ हजार फिटको गहिराइमा डुब्न सक्छन् र चार घण्टाभन्दा बढीको लागि आफ्नो सास रोक्न सक्छन्। लण्डनको सेटासियन स्ट्रान्डिङ इन्भेस्टिगेसन प्रोग्राम (सीएसआइपी)को जुलोजिकल सोसाइटीका परियोजना प्रबन्धक रोब डेभिलका अनुसार धेरै चुच्चे ह्वेलहरू शिकारी र मानव सृजित प्लास्टिक प्रदूषणका कारण मरेर किनारमा पुग्छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *