गान्तोक: तादोङस्थि वहाई विद्यालयका चारजना विद्यार्थीले भोलि १९-२१ दिसम्बरसम्म नयाँ दिल्लीमां आयोजना हुने राष्ट्रिय स्तरको शिखर सम्मेलन “किशोर राष्ट्रिय शिखर सम्मेलनमा सहभागिता जनाउने भएका छन्। विशेष गरेर सन्ध्या प्रधान, लोगेन छिरिङ, लिजा बर्मिन लेप्चा र डिकी पाल्मु भोटियाले सो कार्यक्रममा अंशग्रहण गर्ने भएका छन्।सेन्ट्रल बोर्ड अफ् सेकण्ड्री एजुकेशन (सीबीएसई), एक्सप्रेसन इन्डियाको संयुक्त पहलमा आयोजना हुने उक्त कार्यक्रममा वहाई स्कूलका चारजना विद्यार्थीहरू छनौट भएका छन्। यस तीन दिवसीय कार्यक्रमबाट विद्यार्थीहरूले किशोर-किशोरीबारे धेरै कुराको ज्ञान हासिल गर्न सक्नेछन्। वहाई स्कूलकी शिक्षिका प्रमिला शर्माको नेतृत्वमा चार जना विद्यार्थी दिल्ली गएका हुन्। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य विद्यालयमा आधारित किशोर जीवन सीप, मानसिक स्वास्थ्य, सुरक्षा र कल्याणका उत्कृष्ट अभ्यासहरू मार्फत विद्यार्थीहरूलाई समृद्ध बनाउनु रहेको हो।










