तीन दिवसीय कञ्चनजङ्गा अन्तराष्ट्रीय कराँते प्रतियोगिताको समापन

IMG-20231218-WA0231.jpg

गेजिङ: गत १६ दिसम्बरदेखि गेजिङ जिल्ला अन्तर्गत हि-ग्राम पञ्चायत बजारको खेल मैदानमा शुरू भएतो तीन दिवसीय कञ्चनजङ्गा अन्तराष्ट्रीय कराँते प्रतियोगिताको आज समापन भयो। गेजिङ जिल्ला कराँते एसोसिएशनद्वारा आयोजना गरिएको तीन दिवसीय प्रतियोगिता फाइनल खेलमा, काता, कुमिते विजयी बन्यो।

यो शितकालिन विद्यामा नानीहरु तथा युवाहरुलाइ शिक्षा साथै खेलप्रति प्रोत्साहन गराउनका साथै ग्रामीण भेगका प्रतिभाहरुलाइ एक मन्च प्रदान गर्न र नकारात्मक सोच बिचारबाट टाढा राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा सिक्किम, पश्चिम

यसैगरी आजको समापन कार्यक्रममा सिक्किम सरकारका योक्सम टासीडिङ निर्वाचन क्षेत्रका विधायक एवंम सिक्किम विधानसभाका उपाध्यक्ष साङ्गे लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। यसरी नै कार्यक्रममा सांसद इन्द्र हाङ सुब्बा, गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङधा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि साङ्गे लेप्चाले यस वर्ष यो खेल राज्यमा आयोजना गरेकोमा उनले खुशी प्रकट गर्दै आयोजक समितिलाई धन्यवाद दिए।

वर्तमान सरकारको पहलमा नानीहरुलाइ अब्बल र दक्ष बनाउन अनि खेलप्रति प्रोत्साहन गराएर राज्यको नाम रोशन गरेको जानकारी दिए । गाउँ घरबाट प्रतिभाहरुलाइ ल्याएर अनराष्ट्रिय स्तरको मञ्च प्रदान गर्न सक्षम बनेकोमा आयोजक समितिलाई बधाई दिए। नानीहरुले पनि यस खेलमा प्रतिस्पर्धा गर्न पाउँदा हर्ष व्यक्त गर्नुपर्ने बताए। कार्यक्रमको अवसरमा तीन बिशिष्ट व्यक्तित्वलाई सम्मान जनाइयो। यसरी नै कार्यक्रममा सांसद इन्द्रहाङ सुब्बाले पनि सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement