नाम्चीमा पालन गरियो क्रिसमश उत्सव

IMG-20231218-WA0229.jpg

वर्तमान सरकारले जातीय कार्यक्रम मनाउन स्वतन्त्रता दिएको छः मुख्यमन्त्री तामाङ

गान्तोक: दक्षिण जिल्लाको नाम्चीस्थित किसान बजारमा क्रिसमश उत्सव २०२३ भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण राई, मन्त्री बीएस पन्त, मन्त्री लोकनाथ नेपाल आदि पनि उपस्थित थिए।

अल सिक्किम क्रिश्चिन अर्गनाइजेसनले आयोजना गरेको उत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सबै इसाई धर्मावलम्बीलाई महान पर्व क्रिसमश एवं नयाँ वर्ष २०२४ को हार्दिक शुभकामना व्यक्त गरे।

उनले वर्ष २०१९ देखि एसकेएम पार्टीको सरकार गठन भएपछि राज्यमा सबै जातीय एवं धार्मिक संगठनहरुले स्वतन्त्र रुपमा आ-आफ्नो पर्व एवं उत्सवहरु मनाउने वातावरण सरकारले सिर्जना गरेको जानकारी गराए। कुनै पनि उत्सव आयोजना गर्दा विषय केन्द्रित हुनुपर्ने कुरामा विशेष जोर दिंदै मुख्यमन्त्रीले क्रिसमश पर्व आयोजनको औचित्यमाथि प्रकाश पारे।

समारोह आयोजन समितिको पक्षबाट राखिएका विभिन्न मागहरुबारे बोल्दै मुख्यमन्त्रीले सबै मागहरूलाई सकारात्मकरूपमा ग्रहण गर्दै पुरा गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement