मुख्यमन्त्री लगायत अन्यहरूले दिए बीपी भण्डारीलाई श्रध्दाञ्जली

IMG-20231218-WA0228.jpg

गान्तोक: स्थापनाकालदेखि नै एसकेएम पार्टीमा सशक्तरूपमा खटदै आएका बीपी भण्डारीको गत १६ दिसम्बरको दिन निधन भएको थियो। उनी दिल्लीको एक अस्पतालमा उपचारधीन रहेका थिए। आज उनको पार्थिव शरिर उनको पैतृक थलो ल्याइयो। आज उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नको निम्ति राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, मन्त्री सञ्जीत खरेल, सिक्किम विधानसभाका अध्य़क्ष अरूण उप्रेती, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत पार्टीका कार्यकर्ताहरू पनि पुगेका थिए। उनी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको प्रचार प्रसार सचिव (मुख्यालय)-को पदमा थिए भने एसकेएम दर्पणको संस्थापक सदस्य पनि हुन्। उनको निधनले पार्टीलाई अपूर्णीय क्षति पुगेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement