अन्तर जिल्ला सफ्ट क्रिकेट प्रतियोगिताको उद्घाटन खेल

IMG-20231218-WA0210

जलपाईगढीद्वारा दार्जीलिङ ७ विकेटले पराजित

सिलगढी: दार्जीलिङ जिल्ला सफ्ट क्रिकेट संघको ब्यानरमा र आर्यन ज्वेलरीको भानु नगरद्वारा प्रायोजित, अन्तर जिल्ला सफ्ट क्रिकेट प्रतियोगिताको उद्घाटन खेल १८ दिसम्बर देखि २० सम्म प्रधान नगर सिलगढीको गणपति मैदानमा आयोजना हुनेछ। उद्घाटन खेल दार्जीलिङ र जलपाईगढी जिल्ला बीच खेलियो। टस जितेर ब्याटिङ गरेको दार्जीलिङ टोलीले १० ओभरमा ५९ रन बनाए भने बाप्पाले १४ रन र राजाले १२ रनको योगदान दिएl जलपाईगढीको टिमलाई ६० रन बनाउने चुनौती दियो, जवाफमा जलपाईगढी टिमका ब्याट्सम्यान आदिलले ३६ रन बनाए। अजय र अन्य ब्याट्सम्यानको थप रनले जलपाईगढीलाई ७ विकेटले जित दिलायो। जलपाईगढीको बलिङ पनि उत्कृष्ट थियो जसका कारण दार्जीलिङको टोली ५९ रनमा अलआउट भयो।

खेलको उद्घाटन पश्चिम बंगाल सफ्ट क्रिकेट संघका सदस्य तथा दार्जीलिङ जिल्ला सफ्ट क्रिकेट संघका अध्यक्ष मोहम्मद अफरोजले गरेका थिए। यस अवसरमा उनले सफ्ट क्रिकेट गरिब खेलाडीका लागि राम्रो प्लेटफर्म भएकोले यस क्रिकेटमा चोटपटक लाग्ने सम्भावना नरहेको बताए। उनले भने, ‘सफ्ट क्रिकेट धेरै सस्तो र लोकप्रिय छ, गरिब परिवारका बालबालिकाले पनि सफ्ट क्रिकेटमा आफ्नो प्रतिभा देखाउन सक्छन्। हामी यस प्रतियोगिता मार्फत क्रिकेट प्रतिभा पत्ता लगाउनेछौं, र निश्चित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफ्ट क्रिकेट प्रतियोगिताहरूमा खेलाडीहरू देख्नेछौंl’ जलपाईगढी जिल्ला सफ्ट क्रिकेट संघका अध्यक्ष विपुल दास प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने कालेबुङबाट विशेष अतिथिका रुपमा जिल्ला सफ्ट क्रिकेट संघका इन्चार्ज राजुकुमार शाहको उपस्थिति थिए। कार्यक्रममा उत्तर बंगाल सफ्ट क्रिकेटका मुख्य प्रशिक्षक पप्पु राणा, मोहम्मद अफताब, अजय श्रीवास्तव, तन्मय अग्रवाल, मोहम्मद जफर, राजु थापा, आलोक रञ्जन आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement