मिरिकमा द्वारे सरकार शिविर जारी

IMG-20231218-WA0226.jpg

मिरिक: मिरिकमा शुक्रबारदेखि द्वारे सरकार क्याम्प शुरू भएकाे छ। साेही प्रकारले साेमबार मिरिक नगरपालिकाको वार्ड नम्बर दुईकाे लागि थर्बु प्राथमिक पाठशाला पहिलाे शाखामा शिविर बसेको छ जहाँ मिरिक नगरपालिका वार्ड नम्बर दुई मिरिक बजारवासीले शिविरमा भएकाे विभिन्न याेजनाहरूकाे लाभ उठाएका छन्। शिविरमा बिजुलीकाे बील भुक्तान, राशन कार्ड सम्बन्धि कार्य, स्वास्थ्य साथी, खाद्य साथी, लक्ष्मी भण्डार, विभिन्न प्रमाण पत्रहरू लगायत धेरै याेजनाहरूकाे लाभ मानिसहरूले उठाएका छन्। मिरिक नगरपालिकाका बडीआमा ममता सुब्बाले मिरिक नगरपालिका क्षेत्रमा दैलाेमा सरकार शिविर कार्यक्रम गत १५ दिसम्बरदेखि शुरू भएकाे जानकारी गराउँदै १५ दिसम्बरकाे दिन वार्ड नम्बर एककाे लागि स्थानीय बेथसाइडा स्कूलमा शिविर बसेपछि १८ दिसम्बरमा वार्ड नम्बर दुईकाे लागि थर्बु प्राथमिक पाठशाला पहिलाे शाखामा शिविर बसेकाे बताइन्।उनले १९ दिसम्बरमा वार्ड नम्बर तीनकाे लागि मिरिक नगरपालिका कार्यालय परिसर, २० दिसम्बरमा वार्ड नम्बर चारकाे लागि डन बस्काे स्कूल, २१ दिसम्बरकाे दिन वार्ड नम्बर पाँचकाे लागि कृष्णनगर क्लब, २२ दिसम्बरकाे दिन वार्ड नम्बर 6 काेलागि मिरिक कलेज, २६ दिसम्बरकाे दिन वार्ड नम्बर सातकाे लागि मिरिक अग्निशमन केन्द्र, २७ दिसम्बरकाे दिन वार्ड नम्बर आठकाे लागि मिरिक अग्निशमन केन्द्र, २८ दिसम्बरकाे दिन वार्ड नम्बर ९ काे लागि मिरिक बजार सार्वजनिक भवनमा शिविर बस्ने जानकारी गराइन। उनले उक्त शिविरहरूपछि सबै वार्डकाे लागि २९ दिसम्बरमा मिरिक नगरपालिका कार्यालय परिसरमा शिविर बस्ने जसमा सबै वार्डका मानिसहरूले शिविरकाे लाभ उठाउन सक्ने बताए। उनले विगतमा भएकाे दैलाेमा सरकार कार्यक्रममा मिरिक नगरपालिकाका नाैवटा वार्डका मानिसहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने आगामी शिविरहरूकाे लाभ पनि सबैलाई उठाँटउने आह्वान् गरेका छन्। आम जनताकाे सुविधाकाेलागि दैलाेमा सरकार कार्यक्रमकाे घाेषणा सरकारले गरेपछि साेही अनुरूप फेरि शिविर बसिरहेछ भन्दै यसपालीको शिविरमा फूड फ्राेसेसिङ, बागवानीकाे लागि पनि मानिसहरूले आवेदन गर्न सक्नेछ भने। उनले आगमी दैलाेमा सरकार शिविरमा पहिला जस्ताे लक्ष्मी भण्डार याेजना, कन्याश्री, एकाश्री, रूपाश्री, खाद्य साथी लगायत अन्य याेजनाहरूकाे लाभ मानिसहरूले उठाउन सक्नेछ भने। उनले शिविरकाे लाभ सबैलाई उठाउने आह्वान् पनि गरेका छन्। यता मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीले ग्राम पञ्चायत क्षेत्रमा पनि दैलाेमा सरकार शिविर शुरू भएकाे जानकारी गराउँदै माेबाइल क्याम्प लगाएर ग्राम पञ्चायत क्षेत्रमा ८६ वटा क्याम्प हुने जाे ३० दिसम्बरसम्म चल्नेछ भने। उनले सर्विस क्याम्प २ जनवरीदेखि ३१ जनवरीसम्म चल्ने जानकारी गराउँदै यस वर्षकाे द्वारे सरकार क्याम्पमा बागवानी विभाग अन्तर्गत कृषकहरूले पाेली हाउस आदिकाे लागि आवेदन गर्न सक्नेछन भने। तिनले विगतमा भएकाे द्वारे  सरकार कार्यक्रममा मिरिकका  मानिसहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए भने आगमी शिविरहरूकाे लाभ पनि सबैलाई उठाउने आह्वान् गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement