हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठन केन्द्रीय समितिको सभा

IMG-20231218-WA0227.jpg

जीटीएले सर्वप्रथम हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठनकाहरूलाई नियुक्ति दिने मांग

खरसाङ: हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठन केन्द्रीय समितिको आयोजनामा सुकनाको सार्वजनिक भवनमा सार्वजनिक सभा आरआर सर्कलका सभापति राधिका तामाङको सभापतित्वमा सम्पन्न भएको छ। सभामा संगठनका अध्यक्ष सुन्दर राई, महासचिव सन्ध्या थापा, कालेबुङ जिल्ला अध्यक्ष अनमोल मुखिया, केन्द्रीय सदस्यहरू, सुखे सर्कलबाट दिनेश लेप्चा, मिरिक सर्कलबाट उषा राई, आरआर सर्कलबाट शिक्षक सुदिप अनि दार्जिलिङ अर्बनबाट बबिता गुरुङ र मग्पु सर्कलबाट नारायण शर्माले वक्तव्य राखेका थिए। सभामा सबैको भनाई अनुसार जीटीए प्राथमिक पाठशालामा नियुक्ति हुँदा सर्वप्रथम हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठनको शिक्षक शिक्षिकाहरूलाई न्याय दिएको हुनुपर्छ किनकि उनीहरुको स्कूलप्रति ठूलो योगदान रहिआएको छ अनि दिनदिनै उमेर पनि बितिसकेका बताउँदै जीटीएले चाँडोभन्दा चाँडो यी प्राथमिक विद्यालयहरूमा रहेका स्वयं सेवक शिक्षक शिक्षिकाहरूलाई न्याय दिने समय आएको बताएका छन्।

वक्ताहरूले हरेक ठाँउमा जीटीएलाई स्वयं सेवक शिक्षक शिक्षिकाहरूले सहयोग गर्दै आइरहेका छन् भन्दै यसपाली हामी २७० हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठनका शिक्षक शिक्षिकाहरूलाई न्याय दिन्छ भन्ने पूर्ण विश्वास अनि भरोसा जीटीए चिफ् अनित थापा लगायत जीटीए चलाउने जनप्रतिनिधिहरूलाई राखेका छन्। सभामा सम्पूर्ण जीटीए क्षेत्रका प्राथमिक स्वयं सेवक शिक्षक शिक्षिकाहरु उपस्थित रहेका थिए भनी हिल तराई प्राथमिक स्वयं सेवक शिक्षक संगठन केन्द्रीय समितिको अध्यक्ष सुन्दर राईले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement