अलिपुरद्वारः वन विभागद्वारा लगाइएको पिञ्जरामा एउटा चितुवा फसेको छ। घटना जिल्लाको मदारीहाट बीरपाड़ा ब्लक अन्तर्गत रामझोड़ा चिया कमानको १४ नम्बर सेक्शनको हो। जानकारी अनुसार, आज श्रमिकहरूले सर्वप्रथम चितुवालाई पिञ्जरामा फसेको देखे। यसको सूचना वन विभागलाई दिइयो। सूचना पाएर वनकर्मी घटनास्थलमा पुगे र चितुवालाई आफ्नो कब्जामा लिए।
प्राप्त जानकारी अनुसार, चिया कमानमा लामो समयदेखि चितुवाले आतङ्क मचाइरहेको थियो। जसबाट श्रमिकहरू काम गर्न डराउथे। यसपछि वन विभागको तर्फबाट पिञ्जरा लगाइएको थियो। आज उक्त पिञ्जरामा चितुवा फसेपछि श्रमिकहरूले राहतको सास लिएका छन्।
-हिस











