पुलिस बस दुर्घटनाग्रस्त, धेरै घाइते

कोचबिहारः जिल्लाको घोक्साडाङ्गामा आइतवार राति पुलिस बस दुर्घटनाग्रस्त भएको छ। यस घटनामा धेरै पुलिसकर्मीहरू घाइते भएको खबर छ। घाइतेहरूमध्ये तीनको स्थिति गम्भीर बताइएको छ।

सूत्रहरू अनुसार, पुलिसको एउटा बस राति रास मेलादेखि ड्यूटी पूरा गरी कालेबुङ फर्किरहेको थियो। तब घोक्साडाङ्गा आमबाड़ी क्षेत्रमा सड़कमा खड़ा एउटा पिकअप भ्यानले पुलिस बसलाई पछाड़ीबाट हिर्कायो। यसपछि बस सड़क छेउ जलाशयतिर झऱ्यो। जसमा धेरै पुलिसकर्मीहरू घाइते भए। घाइतेहरूलाई जिल्ला अस्पताल लगियो। तीनजनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। उनीहरूको स्थिति अहिलेपनि गम्भीर बनेको छ। पुलिस घटनाको जाँचमा जुटेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement