रेलवेले रेलवे स्टेशनहरूका वाटर ट्याङ्कीको अडिट गर्ने

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः बर्दवान रेलवे स्टेशनमा १३ दिसम्बरमा १५ हजार गेलनको जल धारण क्षमताको विशाल ओवरहेड पानीको ट्याङ्की झर्दा तीन जनाको मृत्यु भयो र ३० भन्दा धेरै घाइते भए। यसपछि पूर्वी रेलवेले स्टेशन र वरिपरिका ती सबै पानीका ट्याङ्कीहरूको स्वास्थ्य अडिट गराउने फसेला गरेको छ, जुन राज्यमा धेरै वर्ष पुराना छन्। रेलवेका एक वरिष्ठ अधिकारी अनुसार, पूर्वी रेलवेका सबै मुख्य डिवीजनहरूमा अडिट गरिनेछ र निष्कर्षहरूको आधारमा यी सबै पानी ट्याङ्कीहरूको निम्ति भविष्यको कारबाही तय गरिनेछ। यसबीच बर्दवान स्टेशनमा ढलेको पानीको ट्याङ्कीको नमूना फोरेन्सिक जाँचको निम्ति पठाइएको छ र निष्कर्ष आएपछि रेलवे ती कारणहरूबारे स्पष्ट हुनेछ, जसले गर्दा ट्याङ्की ढल्यो।

सम्बन्धित क्षेत्रहरूका विशेषज्ञहरूलाई सामेल गर्दै स्वास्थ्य अडिट गराउनका लागि अत्यधिक परिष्कृत तकनीकको उपयोग गरिनेछ। यस अडिट अन्तर्गत पर्ने प्रमुख निष्कर्षहरूमा यी ट्याङ्कीहरूको वर्तमान स्वास्थ्य अवस्थामा अधिकतम जल वहन क्षमता, वर्षौंको उपयोगको कारण ट्याङ्कीको आन्तरिक भागमा क्षरणको सीमा र धारण क्षमताको स्थितिहरू सामेल हुनेछ। पूर्व बर्दवान जिल्लाको बर्दवान रेलवे स्टेशनमा ट्याङ्की ढल्दा तीन जनाको मृत्यु भएको थियो र ३० भन्दा धेरै घाइते भए। अहिले घाइतेहरूमध्ये १० जनाको अस्पतालमा उपचार चलिरहेछ। पश्चिम बंगाल पुलिसले रेलवे विरूद्ध हत्याका धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement