बीएसएफले अब बर्डरमा ड्रोनको माध्यमले निगरानी गर्ने

IMG-20230410-WA0169-11-300x172-6

कोलकाताः तकनीकको हात समाएर तीव्र गतिमा विकसित भइऱहेको विश्वको साथ अब भारतीय सुरक्षा एजेन्सीले पनि कदमताल शुरू गरेको छ। बांग्लादेशसित साझा गरिएको सीमा सुरक्षाको जिम्मा सम्हाल्ने सीमा सुरक्षा बल (बीएसएफ) ले रणनीतिक रूपमा अहम र दलदली सुन्दरवन मेन्ग्रोव क्षेत्रको सुरक्षा सुनिश्चित गर्न एवं घुसपैठ र तस्करी रोक्न अत्याधुनिक तकनीकको सहारा लिने निर्णय लिएको छ। एक अधिकारीले सोमवार हिन्दुस्थान समाचारलाई बताए, १,१०० भऩ्दा धेरै जवान भएको एक समुद्री बटालियन, लगभग ४० ड्रोनको एक दस्ता र अल-टेरेन वाहन (एटीवी) तैनात गर्ने योजना बनाइएको छ। कोलकाता स्थित बीएसएफको पूर्वी कमानले यसको खाका तयार पारेको छ र केन्द्रिय गृह मन्त्रालयबाट अन्तिम स्वीकृति र वित्तीय अनुमतिको प्रतिक्षा छ।

सुन्दरवन, संसारको सबैभन्दा ठूलो मेन्ग्रोव वन क्षेत्र हो, जुन १०० भन्दा अधिक द्वीपहरूको एक द्वीपसमूह हो। भारतमा ९ हजार ६३० वर्ष किलोमीटर क्षेत्रमा फैलेको यो क्षेत्र नाली, नदी, ज्वारीय खाड़ीहरू र जलडमरूमध्यको एक जटिल तन्त्र हो। यसको बाकी हिस्सा बांग्लादेश अधीन पर्छ। यो बंगालको खाड़ीको छेउमा गंगा, ब्रह्मपुत्र र मेघना नदीहरूको डेल्टामा अवस्थित छ। एक वरिष्ठ अधिकारीले भने, सुन्दरवन भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमामा एक रणऩीतिक र महत्वपूर्ण क्षेत्र हो। यसको प्रभावी नियन्त्रण र सुरक्षा समयको माग हो किनभने यस जटिल जंगल र नदी क्षेत्रको प्रयोग आतङ्कवादी र अपराधीहरूद्वारा सीमा नाघेर घुसपैठको निम्ति उपयोग गर्न सकिने जानकारी छ। यसैले बीएसएफले यसको निम्ति आफ्ना कर्मीहरूको एक विशेष समुद्री बटालियन गठन गर्ने तथा शक्तिशाली ड्रोन तैनात गर्ने फसेला गरेको छ, जसले लामो दूरीसम्म निगरानी गर्नसक्छ र उत्तम पेट्रोलिङको निम्ति यी क्षेत्रहरूसम्म पुग्न केही एटीवी तैनात गर्ने योजना छ।

बीएसएफ सूत्रहरू अनुसार, बटालियनमा ११०० भऩ्दा धेरै प्रशिक्षित कर्मी हुनेछन् र लगभग ४० ठूला ड्रोन र १२.१४ एटीवी तैनात गरिनेछ। गृह मन्त्रालयको तर्फबाट प्रस्तावले अनुमति पाएपछि योजनामा अगाड़ी काम हुनेछ। वर्तमानमा बीएसएफले लगभग ५० साना र ठूलो स्पीडबोट र नौकाहरूको बेड़ाको साथ सुन्दरवन क्षेत्रको पेट्रोलिङ गर्दछ। नौकामा तैरिन्दै गरेको सीमा चौकी छ, जसलाई बर्डर आउटपोस्ट (बीओपी) भनिन्छ। बीएसएफलाई भारतको पूर्वी हिस्सामा भारत-बांग्लादेश सीमाको सम्पूर्ण चार हजार ९६ किलोमीटरको सुरक्षाको काम सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement