कर्मचारी किरण रावतको निधनमा खरसाङ नगरपालिकामा शोक सभा सम्पन्न

IMG-20231218-WA0207.jpg

खरसाङ: खरसाङ नगरपालिका कार्यालयमा आज नगरपालिका उपाध्याक्ष सुवास प्रधानको अध्यक्षतामा शोक सभा सम्पन्न भएको छ। उक्त शोक सभा खरसाङ नगरपालिकाको सफाई कर्मचारी किरण रावतको आकस्मिक निधनमा श्रध्दाञ्जली अर्पण गर्दै आयोजना गरिएको छ। उक्त शोक सभामा सफाई कर्मचारी किरण राउतक निधनमा दुई मिनटको मौन धारण गरेका छन्। उक्त शोक सभामा खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानले स्व किरण रावत सम्बन्धी वक्तव्य राखेका थिए। त्यसरी नै शोक सभामा रमेश सुब्बाले स्व किरण रावतको जीवनी सम्बन्धमा आफ्नो भनाई प्रस्तुत गरेका थिए। सभामा उपाध्यक्ष, वित्त अधिकारी साथै सम्पूर्ण कर्माचारीहरू उपस्थित रहेका थिए। स्व किरण रावतको निधनमा शोक व्यक्त गर्दै खरसाङ नगरपालिका कार्यालय सोमबार आधा दिनको बिदा घोषणा गरिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement