सोनादा: मार्शल आर्ट्स एण्ड फिटनेस एकेडेमीले यस वर्षको आफ्नो “वार्षिक अवार्ड समारोह २०२३”, सोनादाको न्यु लाइट कम्युनिटी हलमा भव्यताका साथ मनाएको छ। प्रार्थना र राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रम सोनादा टाउन क्षेत्रमा छोटो र्याली निकालिएको थियो। एकेडेमीले आफ्नो सबै शाखामा लिएको बेल्ट प्रमोशन परीक्षाको नतिजा पनि घोषणा गर्यो। बिहानको समय बेल्ट समारोहको आयोजना गरिएको थियो र बेल्ट प्रवर्द्धन परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई माफाका प्राविधिक निर्देशक सेन्सी राहुल विश्वकर्माद्वारा नयाँ बेल्ट प्रदान गरिएको थियो। वार्षिक अवार्ड समारोहमा प्रमुख अतिथिक रूपमा स्कट मिशन जुनियर बेसिक विद्यालय, सोनादाका प्रधानाध्यापक मेगेन्दमणि थापा उपस्थित थिए। कार्यक्रममा ग्रीनहिल स्कूल सोनदाकी प्रिन्सिपल सपना डी. मण्डल र अन्यको उपस्थिति थियो। दार्जिलिङ जिल्ला कराते संघका अध्यक्ष शिहान अनिल राई विशेष अतिथि थिए र उनले कराते सिक्ने सबैलाई धेरै राम्रो सन्देश दिए र कराते सिक्ने फाइदाहरूबारे जानकारी गराए। यस वर्ष एकेडेमीले विद्यार्थीहरूलाई प्रोत्साहन गर्न केही थप पुरस्कारहरू थपेको थियो। अवार्डमा १० राईजिङ स्टार, १० राम्रो प्रदर्शन, १४ आगामी फाइटर, ९ फाइटर अफ द इयर, ६ उत्कृष्ट प्रदर्शनकर्ता, 6 नियमित उपस्थिति र ५ अनुशासित बालबालिकाहरू रहेका थिए। अन्य अवार्डमा उत्कृष्ट शाखा अवार्ड सोनादा शाखालाई प्रदान गरिएको थियो भने सेम्पाई प्रयोद्धि प्रधानले यस वर्ष २ अन्तर्राष्ट्रिय स्वर्ण पदक जिताउने “उत्कृष्ट प्रशिक्षकको अवार्ड” जितेका थिए। उत्कृष्ट अवार्ड ‘कराते अफ् द इयर २०२३’ महिला विधामा महानदी शाखाकी प्रिशा प्रधान र पुरुष विधामा खरसाङ शाखाका अयनराज राई सम्मानित भएका छन्। सोनादामा यस वर्ष सफलतापूर्वक मनाइएको समारोहमा सम्पूर्ण शाखाका इन्चार्जहरु, अभिभावकहरू, प्रतिनिधिहरु, प्रशिक्षकहरु, सेन्सेई र सेम्पाईहरुको उपस्थिति रहेको थियो र सोनादाका शाखा इन्चार्ज सुदीप प्रधानले समन्वय गरेका थिए।









