मुण्डाकोठी चियाबारीको गोरदुमदेखि देवीस्थानसम्म पुग्ने सड़को निर्माण कार्य अझैंसम्म पूरा नभएको स्थानीयहरूको गुनासो

IMG-20231218-WA0201.jpg

सोनादा: सोनादा क्षेत्र अन्तर्गत मुण्डाकोठी चियाबारीको गोरदुमदेखि देवीस्थानसम्म पुग्ने सड़को निर्माण कार्य अझैंसम्म पूरा नभएको स्थानीयहरूले बताएका छन्। उक्त सड़कको निर्माण कार्य २०१९ देखि शुरु भएको थियो अनि निर्माण कार्य २०२२ भित्रमा नै पूरा गरिनु पर्ने भए पनि अहिलेसम्म पनि पूरा भएको छैन। २.५ किलोमीटर लामो उक्त सड़कको निर्माणको लागि लागत २ करोड़ ७५ लाख रूपियाँ रहेको छ। २०१९ देखि शुरू भएर २०२२ मा निर्माण कार्य समाप्त हुनु पर्नेमा २०२३ सकिनु लाग्दा पनि अहिलेसम्म निर्माण कार्य पूरा भएको छैन। मुण्डाकोठी चियाबारीको गोरदुमदेखि देवीस्थानसम्मको क्षेत्रमा जम्मा ८०० घरहरू छन् अनि यो रोडको निर्माण कार्य पूर्ण भएको खण्डमा यस क्षेत्रको ८०० घरहरूलाई रोडको सुविधा उपलब्ध हुने देखिएको छ। तर अहिलेसम्म पनि यो रोडको निर्माण कार्य पुरा नभएकोले स्थानीयहरूले धेरै असुविधा झेल्नु परिरहेको बताइएको छ। उक्त रोडको काम ठेकेदारले पूरा नगरेको र अधुरो नै छोडेको स्थानीयहरूले बताएका छन्। स्थानीयहरूले बताए अनुसार यस रोडको काम विषयमा स्थानीयहरूले कति ठेकेदारलाई अवगत गराए पनि ठेकेदारले काम नगरेको जनाइएको छ। यसरी अाफ्नो क्षेत्रमा रहेको रोडको काम अधुरै रहेपछि स्थानीयहरूले जीटीए प्रमुख र सम्बन्धित विभाग समक्ष गुहार लगाएका छन्। ठेकेदारले काम नगरेपछि स्थानीयहरूले जीटीए प्रशासन समक्ष गुहार लगाएका छन्।

यस रोड विषयमा स्थानीय प्रकाश राई, मेताङ तामाङ र एकजना स्थानीय महिला जोयता तामाङले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा बताएका छन्। यस क्रममा उनीहरूले उक्त रोड २०१९ देखि रोडको निर्माण कार्य शुरू भएर २०२२ मा समाप्त हुनु पर्ने हो। तर २०२३ को अहिलेसम्म पूरा नभएकोले ठेकेदारलाई कतिपल्ट भन्दा पनि कार्य नगरेकोले जीटीए चिफ् र सम्बन्धित विभागप्रति यस बाटोको कार्य शुरू गरिदिने आशा गरेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement