पञ्चायत समितिका अध्यक्ष र उपाध्यक्षहरूको नामको घोषणा

22-00-35-1817989a-73ff-4b78-a5bc-ce5dc233e716.jpg

सिलगढी: आज दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस सभानेत्री पापिया घोषले दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गऱ्यो। सिलगढी महकुमा परिषद चुनाउको परिणाम घोषणा भएपछि राज्यका नेतृत्वको निर्देशमा पञ्चायत समितिका अध्यक्ष र उपाध्यक्षहरूको नामको घोषणा गरिन्। मतिगढा ब्लकको पञ्चायत समितिकी अध्यक्ष प्रतिमा राय तथा उपाध्यक्ष सुशान्त घोष, नक्सलबारी ब्लकको पञ्चायत समितिका अध्यक्ष आनन्द घोष र उपाध्यक्ष सजनी सुब्बालाई चयन गरिएको छ। यसैगरी, खोरीबारी ब्लकको पञ्चायत समितिकी अध्यक्ष रत्ना सिंह राय, उपाध्यक्ष मोनिका राय सिंह, फाँसीदेवा ब्लकको पञ्चायत समितिकी अध्यक्ष रीना एक्का र उपाध्यक्ष चन्द्र मोहन रायलाई चयन गरिएको छ। सभानेत्री पापिया घोषले आज यी ८ जना नाम घोषणा गरिन्। यस सम्बन्धमा तिनले भनिन्, आगामी २५ जुलाईमा प्रधान र उप प्रधानको नामको सूची आफूहरूसमक्ष आएंपछि २६ जुलाईको दिन सिलगढी महाकुमा परिषदको सभाधिपति, पञ्चायत समितिका अध्यक्ष, उपाध्यक्ष, प्रधान उप प्रधान सबैले मतिगढा १ नम्बर ब्लक शिव मन्दिर आठारोखाई सरोजिनी खेल मैदानमा शपथ ग्रहण गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *