खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २ टेकवीर बस्तीमा भागोप्रमोको एक सांगठनिक सभा प्रशाखा अध्यक्ष सुजय गुरूङको सभापतित्वमा सम्पन्न भयो। सभालाई प्रशाखा सचिव नरेन लामाले सञ्चालन गरेका थिए। मुख्य रूपले सभामा केन्द्रीय कमिटी सदस्य साथै टाउन कमिटी संयोजक समीर दिप ब्लोन, नारी शक्ति केन्द्रिय सदस्या उषाकिरण तामङ, २८ नम्बर चिम्नी देवराली समष्टि सभासद श्याम शेर्पा, यसै समष्टिका नारी शक्ति सभानेत्री सुष्मा मुखिया, टाउन कमिटीको कार्यवाहक सभापति सन्दिप बल, कार्यवाहक सचिव बीरबल पाख्रिन, सह सचिव संजय मुखिया, कार्यकारिणी सदस्य संतोष परी, रमोद गुरूङ, सन्नी तामाङ, रामु राउत साथै नारी शक्ति टाउन कमिटी सभानेत्री सबिता कार्की, सचिव दिपा छेत्री, उपसभानेत्री पन्चु बल ,सदस्य डिम्पल सुन्दास ,वाडको प्यारेन्ट्स बडीको मुख्य सल्लाहकार आनन्द पाखरीन, नारी शक्ति सभानेत्री पुष्पा गुरुङ, उप सभानेत्री गंगा थापा, सह सचिवा देबिका प्रधान लगायत समाजको सभापति भेलारियन जर्ज लेप्चा, उपसभापति दिलबहादुर गुरुङ आदि उपस्थित रहेका थिए।बुजुर्गहरूलाई सभामा खदा लगाएर सम्मान जनाएका थिए भने स्वागत भाषण रामु राउतले गरेका थिए। सभामा सन्दिप बल, सुषमा मुखिया, श्याम शेर्पा, दिपा छेत्री, उषा किरण तामाङ अनि समिर दिप ब्लोनले वक्तव्य राखेका थिए। यसै सभामा सभासद श्याम शेर्पाले जीटीएले गर्दै गरेको कार्य विषयमा प्रकाश पारे। जस्तै – खरसाङ अस्पातलमा डिजीटल एक्सरे मेसिन ल्याउन सक्यो, डाइलशिस ल्याउन कोशिस भैरहेछ। खरसाङ बजारमा नै ५०० गाडी आट्ने पार्किंग बनाउने जमर्को भैसक्यो, खरसाङ कलेजमा नेपाली विषयमा एमएको बिषय लागु भएको जानकारी गराए। उनले भने, तपाईंहरू एककृत भएर सानु सानु काममा मात्र लागी नपर्नुहोस् एउटा ठोस कार्य हुने एक मत भएर लागि पार्नुहोस् भन्ने सुझाव राखे। सम्बोधनको क्रममा कार्यवाहक अध्यक्ष सन्दिप बलले गाउँ घर समाजमा विकासको कामहरू सरकारी तर्फबाट गरिन्छ र हाम्रो पहाड़को सरकार जीटीए सभा हो। जीटीए सभाको मुख्य कार्यपाल अनित थापा भागोप्रमोको केन्द्रीय अध्यक्ष हुन्।भागोप्रमो साथै अनित थापाको पहलमा पहाड़मा गणतन्त्र, शान्ति र सुशासन फर्किएको छ। त्यसैले सबै मिलेर अनित थापाको हाथ बलियो बनाउने आह्वान गरे। नारी शक्ति सचिवाले सम्पूर्ण नारी शक्तिलाई एक बद्ध भई गाउँ, समाज, परिवारको निम्ति अघि आउने सुझाव राखे। यसको साथै पार्टीले बोलाएको खण्डमा सम्पूर्ण नारीहरूलाई सहभागी जनाई दिने आह्वान गरे। गाउँको समस्या विषय लिएर वक्तव्य राख्दै बिरबल पाखरीनले गाउँको जीवन रेखा स्वरूप रोड बनाई दिएर कालापानी जस्तो पछाडिएको गाउँलाई विकासको गोरेटोमामा अग्रसर गाउँ बनाएकोमा समस्त गाउँको पक्षबाट अध्यक्षलाई धन्यवाद ज्ञापन गरे। उनले अब गाउँमा एक सार्वजनिक भवनको अत्ति नै खाँचो भएको कारण सम्पूर्ण गाउँवासीको तर्फबाट अध्यक्ष महोदयलाई भवन निर्माण गरिदिने यसै सभाबाट अनुरोध गरे। अनित थापाको हात बलियो पार्नलाई भागोप्रमो पार्टीलाई सबैले साथ र सहयोग गर्ने अपील गरे। प्रमुख वक्ता समिर दिप ब्लोनले हामी पार्टीबाट आएका हौ, त्यस अर्थ अध्यक्षको कर्म शैली, सकारात्मक सोच भागोप्रमोको स्पष्ट नितिलाई आत्मसात गर्दै जनहितको निम्ति तपाईंहरूको समक्ष पार्टीगत कुराहरू बताउन आएको हो भनेर बताए। गाउँमा पार्टीको सांगठनिक धरातल बलियो रहेकोमा खुशी व्यक्त गरे। अब सभा गर्दा समस्त वार्डलाई लिएर सभा ढाक्नुपर्ने निवेदन पनि गरे। सभाको सभापतिले हामीले कसैको अनु अनित थापालाई हेरेर एकजुट हुनुपर्ने साथै वहाँको हात बलियो बनाउनु पर्ने सुझाव राखे अनि कम्युनिटी हल चाँडै बनाईदिन हुन् उपस्थित प्रतिनिधिवर्गलाई निवेदन राख्दै सभा सकियो भनी कार्यवाहक सचिव बिरबल पाख्ररिनले जनाएका छन्।









