खरसाङ: खरसाङको प्रतिष्ठित स्कूल डाउहिल स्कूलमा देखा परेको समस्या समाधान भएपछि शिक्षिकाहरू र कर्मचारीहरूले आज पत्रकार भेला बोलाएर सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। डाउहिल स्कूलकी पूर्व प्रधान अध्यापिका सागरिका दत्तलाई स्थान्तरण गरिएको छ। उक्त स्कूलको समस्या समाधानमा स्टाफ प्रतिनिधि प्रशान्ती थापा र डोरमेन्ट्रीबाट सुजा मंग्रातीले पत्रकारहरूसित कुराकानी गर्दै डाउहिल स्कूलको समस्या समाधान गर्नमा सहयोग गर्ने जीटीए चिफ् अनित थापा, सरकारी अधिकारीहरू, भूतपूर्व विद्यार्थीहरू र स्थानीय जनता साथै मिडियालाई पनि धन्यवाद दिएका छन्। दुवैले हेरिटेज स्कूलको रूपमा रहेको खरसाङको प्रतिष्ठित डाउहिल स्कूलको समस्या समाधान भएक र वर्तमानमा शिक्षिका प्रभारी सिमा अलीको नेतृत्त्वमा स्कूलको राम्रो प्रगति हुने आशा व्यक्त गरेका छन्।









