खरसाङ: खरसाङ खण्ड अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको मजुवा क्षेत्रमा जीर्णावस्थामा रहेको रोडको श्रमदान गरेर रोडको मरमत्ति गरिएको छ। चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङको अगुवाईमा स्थानीय युवाहरूलाई लिएर बाटोको यर सफाई र मरमत्ति गरिएको छ। उक्त बाटोमा स्थानीयहरूलाई यातायातमा धेरै असुविधा भएपछि स्थानीयहरूको सुविधाको लागि श्रमदान गरेर मरमत्ति गरिएको छ। विशेष गरेर पञ्चायत समिति सदस्य दिनेश तामाङको अगुवाईमा युवाहरूले एक दिनको श्रमदान गरेर जनताको सुविधाको लागि काम गरेका छन्। सदैव सरकारको मात्र आशा नगरेर युवाहरूले श्रमदान गर्दै रोडको मरमत्ति गरिएको बताइएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य दिनेश तामाङले मजुवाको यो बाटो विषयमा जीटीए चिफ् अनित थापाले पनि सकरात्मक पहल गरिदिने आश्वासन दिएका छन्।









