साथीहरूसित नुहाउन भनी नदीमा गएका ८ वर्षीय एकजना नाबालक निखोज

IMG_20220723_215730.jpg

सिलगढी: साथीहरूसित नुहाउन भनी नदीमा गएका ८ वर्षीय एकजना नाबालक निखोज भएका छन्। घटनाको २४ घण्टा बितिसक्दा पनि हालसम्म उक्त नाबालकको कुनै पत्तो लागेको छैन। सिभिलं डिफेन्सको टोलीले नदीमा लगातार खोजी अभियान चलाइरहेको छ। प्राप्त जानकारी अनुसार गत शुक्रबार सिलगढीको १ नम्बर वार्डको दुई नम्बर पञ्चानन कोलनी निवासी वासुदेव बर्मनको ८ वर्षीय छोरा चिरञ्जीत बर्मन स्कुलबाट घर फर्किआएपछि अपरान्ह साथीहरूसित नदीमा नुहाउन गएका थिए। छोरा घर फर्किनआएपछि चिरञ्जीतको आमा र दिदीले छिमेकी तथा आफन्तहरूकोमा तिनको खोजी गरे तापनि कुनै पत्तो नलागेको बताइएको छ। यसपछि एकजना युवकले चिरञ्जीतलाई साथीहरूसित नदीमा नुहाइरहेको देखेकोबारे बताएपछि तिनीहरूले नदीमा चिरञ्जीतको खोजी शुरू गरेपछि घटनाबारे पुलिस र सिभिल डिफेन्सको टोलीलाई खबर दिए। घटनाको खबर पाएर सिभिल डिफेन्सको टोली घटनास्थलमा पुगेर चिरञ्जीतको खोजी गरे तापनि तिनको कुनै पत्तो लागेन। सिभिल डिफेन्सको टोलीले आज पनि निखोज चिरञ्जीतको खोजी गरिरहेको छ। उक्त घटनाले इलाकामा सनसनी फैलिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *