सिलगढ़ी: प्रधान नगर थाना पुलिसले युवतीसित दुष्कर्म गरेको आरोपमा एक युवकलाई आइतवार पक्राउ गरेको छ। आरोपितको नाम अजय सिंह (२६) बताइएको छ। घटना प्रधान नगर थाना अन्तर्गत डाबराग्राम क्षेत्रको हो।
स्थानीय सूत्रहरू अनुसार, पाँच महिनाअघि अजय सिंहले उक्त युवतीसित दुष्कर्म गरेको थियो। आरोपितले युवतीलाई यो कुरा अरूलाई बताए ज्यानले माने धम्की दियो। यसबीच युवती गर्भवती भइन्। पछि युवतीको शारीरिक स्थिति खराब हुन थाल्यो।
युवतीको स्थिति देखेर उसका परिजनहरूलाई सन्देह हुँदा डाक्टरबाट युवतीको जाँच गराए। जसमा युवती गर्भवती भएको थाहा लाग्यो। जसपछि युवतीले परिजनलाई आफूसित भएको आपबीती बताइन्। पछि युवतीको परिवारले आइतवार राति अजय सिंह विरूद्ध प्रधान नगर थानामा एक लिखित शिकायत दर्ता गरायो। शिकायतको आधारमा जाँचमा जुटेको पुलिसले आरोपितलाई आइतवार राति पक्राउ गऱ्यो। प्रधान नगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।









