गुवाहाटी: केन्द्रको निर्देशमा सीबीआई निदेशक प्रवीण सूदले गुवाहाटीमा मणिपुरमा हिंसाको जाँचको निम्ति नियुक्त विशेष जाँच दल (एसआईटी) को साथ गुवाहाटीस्थित सीबीआई अफिसमा एक बैठक गरे।
मणिपुरमा गोलीबारीमा १३ जनाको हत्यापछि हिंसाका ताजा घटनहरूबीच केन्द्रले सीबीआई निदेशक प्रवीण सूदलाई इम्फाल पठाएको छ। यहाँबाट सूद विशेषज्ञहरूको एक टीमको साथ इम्फाल जानेछन्।
उल्लेख्य, २७ सेप्टेम्बरमा पनि सूदको नेतृत्वमा एक विशेष सीबीआई टीम दुई मैतेई छात्रहरूको कथित हत्याको जाँचको क्रममा मणिपुर पुगेको थियो।









