दुष्कर्मको आरोपलाई जेएसडब्ल्यू समूहका अध्यक्ष सज्जन जिन्दलले बतायो झुटो

Sajjan-Jindal

मुम्बई: देशका ठूला व्यापारी तथा जिन्दल स्टिल वर्क्स ग्रुपका अध्यक्ष सज्जन जिन्दलविरुद्ध मुम्बईकी एक महिलाले बलात्कारको मुद्दा दायर गरेकी छन्। यसबारे सज्जनले आफूमाथि झुटा आरोप लगाइएको बताएका छन्। उनले यस घटनाको अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्ने बताएका छन्। समाचारअनुसार मुम्बईकी एक महिलाले जिन्दल ग्रुपका मालिक सज्जन जिन्दलमाथि बलात्कारको आरोप लगाउँदै प्रथामिकी दर्ता गरेकी छन्। उजुरीका अनुसार दुवैको पहिलो भेट ८ अक्टोबर २०२१ मा दुबईमा भएको थियो। त्यतिबेला आईपीएलको खेल चलिरहेको थियो। उनीहरु दुवै पहिलो पटक रंगशालाको भीआईपी बक्समा भेटेका थिए। त्यसपछि दुवैबीच कुराकानी शुरु भएको समाचारमा उल्लेख छ। दुवै जना अक्टोबर २०२१ देखि जनवरी २०२२ सम्म धेरै पटक भेटेका थिए। यसै क्रममा जिन्दलले उनीमाथि जबर्जस्ती गर्ने प्रयास गरेको आरोप लगाइएको छ। २४ जनवरीमा पेन्टहाउसमा रहेको जिन्दलको अफिस पुगेकी, र जहाँ आफूलाई बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्। प्रथामिकीअनुसार महिला पहिलो पटक १६ फरवरी २०२२ मा यो उजुरी लिएर पुलिस चौकी पुगेकी थिइन्, तर त्यहाँ मुद्दा दर्ता गरेन। यसपछि मुम्बई पुलिसले प्राथमिकी दर्ता गर्न ढिलाइ गरेको महिलाको आरोपलाई अस्वीकार गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *