अभिनेत्री तनुजा अस्वस्थ, अस्पतालमा भर्ती

106068719.jpg

मुम्बई: फिल्म जगतमा ७० को दशकको अतिनै पप्युलर अभिनेत्री एवं बलीवुडए अभिनेत्री कालोजकी आमा तनुजा अचानक अस्वस्थ भएपछि उनलाई अस्पतालमा भर्ती गराइएको छ। दिग्गज अभिनेत्री तनुजा अस्वस्थ भएको खबरले उनका प्रशंसकहरू चिन्तित छन् औं उनी शीघ्र स्वस्थ हुने कामना गरिरहेका छन्।

सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, डाक्टरहरूले तनुजाको उपचार गरिरहेका छन् र चिन्ता गर्ने कुनै आवश्यकता छैन। उनलाई आईसीयूमा राखिएको छ र आय़ु जनित जटिलताहरूको कारण डाक्टरहरूले उनको उपचार गरिरहेका छन्। उनलाई केही समयसम्म डाक्टरहरूको देखरेखमा राखिनेछ। उनका प्रशंसकहरूले उनी शीघ्र स्वस्थ हुने कामना गरिरहेका छन्।

काजोल र अजय देवगनले मीडियासित सीधा कुरा गरिरहेका छैनन्। विख्यात निर्देशक कुमार सेन समर्थ र अभिनेत्री शोभना समर्थकी छोरी तनुजाले हिन्दीका साथै बंगाली फिल्महरूमा पनि अहम योगदान दिएकी छन्। तनुजाले शोभू मुखर्जीसित बिहे गरिन्। उनका दुई छोरी काजोल र तनीषा छन्। दुवैले बलीवुडमा आफ्नो करियर बनाएका छन्।

तनुजाले आफ्नी दिदी नूतनको साथ फिल्म ‘हमारी बेटी’ बाट बाल कलाकारको रूपमा डेब्यू गरेकी थिइन्। यसपछि उनले कहिलेपनि पछि फर्केर हेरिनन्। उनले ‘हमारी याद आएगी’, ‘बहारें फिर भी आएंगी’, ‘ज्वेल थीफ’, ‘हाथी मेरे साथी’ र ‘मेरे जीवन साथी’ जस्ता सुपरहिट फिल्महरूमा काम गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement